भाजपाका 321 मृत कार्यकर्ताहरूको परिवारको जिम्मेवारी सरकारले लिनेछः मुख्यमन्त्री
भाजपाका 321 मृत कार्यकर्ताहरूको परिवारको जिम्मेवारी सरकारले लिनेछः मुख्यमन्त्री


कोलकाता, 11 मई (हि.स.)। पश्चिम बङ्गालमा भारतीय जनता पार्टी (भाजपा)-को सरकार गठन भएपछि मुख्यमन्त्री शुभेन्दु अधिकारीले घोषणा गरेका छन्, राजनीतिक हिंसामा मारिएका भाजपाका 321 जना कार्यकर्ताहरूको परिवारहरूको जिम्मेवारी राज्य सरकारले वहन गर्नेछ।

सोमवार नवान्नमा मुख्यमन्त्रीको अध्यक्षतामा नयाँ सरकारको पहिलो क्याबिनेट बैठक सम्पन्न भयो। बैठकमा नवनियुक्त पाँच जना मन्त्री तथा केही वरिष्ठ प्रशासनिक अधिकारीहरू उपस्थित थिए। बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले भने, भाजपाका 321 जना कार्यकर्ताहरूले आफ्नो प्राणको बलिदान दिएका छन्।सरकार उनीहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछ तथा उनीहरूका परिवारहरूको साथमा रहनेछ। उनले यो पनि भने, राजनीतिक हत्याा सामेल मानिसहरूविरूद्ध कड़ा कारबाही गरिनेछ।

मुख्यमन्त्रीले बताए, पहिलो क्याबिनेट बैठकमा सरकारका प्राथमिकताहरूमाथि चर्चा भयो। उनले भने, डबल इञ्जिनको सरकार दल-मतदेखि माथि उक्लेर सबैको लागि काम गर्नेछ।

उनले चुनाउ प्रक्रियाको उल्लेख गर्दै भने, लामो समयपछि राज्यमा भयमुक्त तथा निष्पक्ष चुनाउ देख्न पाइयो। मुख्यमन्त्रीले चुनाउ ड्यूटीमा खटेका मतदानकर्मीहरू, मतगणना कर्मीहरू, राज्य पुलिस, कोलकाता पुलिस औ सबै राजनीतिक दल तथा उम्मेद्वारहरूलाई धन्यवाद दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande