मतदानपछि हिंसा रोक्नको लागि भाजपाको कड़ा सन्देश, सुशान्त बेड़ाले शान्ति कायम राख्ने अपील गरे
मतदानपछि हिंसा रोक्नको लागि भाजपाको कड़ा सन्देश, सुशान्त बेड़ाले शान्ति कायम राख्ने अपील गरे


हुगली, 11 मई (हि.स.)। पश्चिम बङ्गालमा मतदानपछि भइरहेका हिंसात्मक घटनाहरूको सन्दर्भमा आरामबागका भाजपा विधायक सुशान्त बेड़ाले सोमवार हुगली जिल्लाको आरामबागको दौलतपुरस्थित पार्टी कार्यालयमा एक पत्रकार सम्मेलन आयोजना गरे। यस अवधि सुशान्त बेड़ाले भने, मतदानपछि हुने हिंसालाई कुनै पनि स्थितिमा सहन गरिनेछैन। उनले भने, क्षेत्रमा शान्ति तथा कानून व्यवस्था काम राख्नको लागि भाजपा पूर्ण रूपले प्रतिबद्ध छ।

उनले भने, कतै पनि कुनै प्रकारको अप्रिय घटना भए प्रशासनले करबाही गर्नुपर्छ। प्रशासनिक कार्यहरूमा भाजपाले कुनै पनि प्रकारको हस्तक्षेप गर्नेछैन।

भाजपा कार्यकर्ता अनि समर्थकहरूसित संयम राख्ने अपील गर्दै उनले भने, कसैको पनि उक्साहटमा नपरी शान्ति कायम राख्नुपर्छ। हामीले कानून व्यवस्थालाई हातमा लिनु हुँदैन।

यस पत्रकार सम्मेलनमा भाजपा कार्यकर्ता तथा समर्थकहरूलाई धेरै सक्रिय देखियो। यस अवसरमा पार्टीका अन्य नेता तथा कार्यकर्ताहरू पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande