विधायक बिमान घोषको नेतृत्वमा निकालियो भाजपाको विजय ऱ्याली
विधायक बिमान घोषको नेतृत्वमा निकालियो भाजपाको विजय ऱ्याली


हुगली, 11 मई (हि.स.)। भाजपा विधायक बिमान घोषकोनेतृत्वमासोमवारहुगली जिल्लाकोपुरशुड़ाक्षेत्रमा भाजपाद्वारा ऱ्याली निकालियो। यो ऱ्याली घोलदिगरुई मोड़देखिफतेपुर बस स्ट्याण्डसम्म आयोजना गरियो। ऱ्यालीमा भाजपाका केही नेता, कार्यकर्ता तथा समर्थकहरू सामेल भए।पार्टीको झण्डा, अबीर- रङ्ग तथा ढोल-नगाड़ाको साथमा निकालिएको ऱ्याली अवधि सम्पूर्ण क्षेत्रमा उत्सव जस्तै माहोल देख्न पाइयो। कार्यकर्ता तथा समर्थकहरूबीच मिठाई बाँड़ियो।

भाजपा नेताहरूले दाबी गरे, यो सफलता आम मानिसहरूको समर्थन र आशीर्वादको परिणाम हो। उनले भने, आगामी दिनमा पनि पार्टीले जनताको साथमा रहेर क्षेत्रको विकासको लागि काम गरिरहनेछ।

विजय ऱ्यालीलाई लिएर भाजपा कार्यकर्ता अनि समर्थकहरूमा ठूलो उत्साह देखियो।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande