आईपीएल सट्टेबाजीमाथि सिलचर पुलिसको ठूलो कारबाही, 50 लाखभन्दा अधिकको नेटवर्कको भण्डाफोर
आईपीएल सट्टेबाजीमाथि सिलचर पुलिसको ठूलो कारबाही, 50 लाखभन्दा अधिकको नेटवर्कको भण्डाफोर


कछार (असम), 11 मई, (हि.स.)। आईपीएल म्याचहरूमाथि अवैध सट्टेबाजी नेटवर्कविरूद्ध सिलचर पुलिसले ठूलो कारबाही गर्दै चार जना मानिसहरूलाई पक्राउ गरेको छ। पुलिस अनुसार पक्रा पर्ने गिरोहले पछिल्लो केही दिनदेखिको सट्टेबाजीको कारबार गर्दै आिरहेको छ जसको अहिलेसम्मको मूल्य 50 लाख रुपियाँभन्दा अधिक रहेको अनुमान लगाइएको छ।

कछार जिल्ला पुलिस अधीक्षक कार्यालयबाट आज जारी सूचना अनुसार विश्वसनीय सूचनाको आधारमा सिलचरको उदयन कम्प्लेक्स रोडस्थित दास कलोनी क्षेत्रमा छापा मारियो। यस अवधि तीन जना आरोपीहरूलाई पक्राउ गरियो जसको पहिचान सुमन राय (42), सुजन राय (48) तथा निताई राय (40)-को रूपमा भएको छ।

छापेमारीमा पुलिसले आरोपीहरूको कब्जाबाट आईपीएल सट्टेबाजीको हिसाब-किताबसित सम्बन्धित पाँच वटा नोटबुक, 30,190 रुपियाँ नगद, ओम 777 एप उपयोग गरिरहेका सात वटा मोबाइल फोन तथा कालो रङ्गको ब्याग जफत गरियो।

यस अतिरिक्त पुलिसले आश्रम रोड क्षेत्रमा पनि भिन्नै अभियान परिचालन गरी सञ्जय दास नामक अर्को सटेट्बाजलाई पक्राउ गऱ्यो। उसको कब्जाबाट पुलिसले दुई वटा मोबाइल फोन, 15,100 रुपियाँ नगद जफत गऱ्यो। पुलिसले सबै कानूनी प्रक्रिया पूरा गरी जफत गरिएका सामग्रीहरूलाई आफ्नो कब्जामा लिएको छ। पक्रा पर्ने सबै आरोपीहरूलाई अग्रिम कानूनी कारबाहीको लागि सिलचर थानामा लगिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande