देवब्रत सैकियाले हिमन्त बिस्व सरमालाई दिए बधाई, असमका महत्वपूर्ण मुद्दाहरूमा कारबाही गर्ने माग
देवब्रत सैकियाले हिमन्त बिस्व सरमालाई दिए बधाई, असमका महत्वपूर्ण मुद्दाहरूमा कारबाही गर्ने माग


गुवाहाटी, 11 मई (हि.स.)। कङ्ग्रेसका वरिष्ठ नेता एवं विधानसभामा पूर्व विपक्षी दलका नेता देवब्रत सैकियाले सोमवार मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमालाई असम विधानसभा चुनाउ 2026-मा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग)-ले जीत हासिल गरेकोमा बधाई दिए। साथै उनले राज्यसित सम्बन्धित केही महत्वपूर्ण तथा लम्बित मुद्दाहरूमा नयाँ सरकारसित तत्काल पहल गर्ने अपील गरे।

11 मईमा लेखिएको एउटा खुल्ला पत्रमा सौकियाले डा.सरमालाई नयाँ पारीको लागि शुभकामना दिँद आशा व्यक्त गरे, उनको नेतृत्वमा आगामी पाँच वर्षमा असममा शान्ति, विकास एवं स्थिरताको वातावरण मजबुत हुनेछ।

बधाई सन्देशसँगसँगै सैकियाले केही संवेदनशील मुद्दाहरू तर्फ पनि ध्यान आकर्षित गराए।उनले असम सम्झौतालाई प्रभावकारी ढङ्गमा लागू गर्ने तथा अवैठ अनुप्रवेशकारीहरूको निर्वासनको प्रक्रियालाई अगाड़ि बढ़ाउने माग गरे।

उनले असमका 6 वटा स्वदेशी समुदायहरूलाई अनुसूचित जनजाति (एसटी)- को दर्जा दिने प्रक्रियालाई तीव्रता दिने अपील गर्दै भने, यो मामिला लामो समयदेखिकै थाँतीमा रहेको छ।

हालैको विधानसभा चुनाउ अवधि राज्यको सामाजिक माहोलको उल्लेख गर्दै सैकियाले आरोप लगाए, विभिन्न समुदाय औ भाषागत समूहहरूबीच विभाजन तथा तनाउको स्थिति खुलेर अगाड़ि आयो। उनले नयाँसरकारसित सामाजिक सौहार्द बहाल गर्ने तथा व्यापक असमिया पहिचानलाई सशक्त बनाउनको लागि ठस कदम उठाउने आग्रह गरे।

कङंग्रेस नेताले असमका प्रसिद्ध गायक जुबिन गर्गको मृत्यु मामिलाको जाँचलाई द्रूत गतिमा अगाड़ि बढ़ाउने माग गर्दै जाँच प्रक्रिया अवधि उनको परिवारलाई हससम्भव सहयोग उपलब्ध गराउने अपील समेत गरे।

पत्रको अन्तमा सैकियाले डा. सरमालाई असमको मुख्यमन्त्रीको रूपमा सफल, जनोन्मुखी तथा सौहार्दपूर्ण कार्यकालको लागि शुभकामना दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande