पूर्व पतिले पत्नीको विवाह समारोहमा चलायो गोली, एकजना घाइते
पूर्व पतिले पत्नीको विवाह समारोहमा चलायो गोली, एकजना घाइते


कोलकाता, 11 मई (हि.स.)। पश्चिम बर्दवान जिल्लाको अण्डाल थाना क्षेत्रस्थित सिदुली बेजपाड़ामा गए आइतवार एक विवाह सारोह त्यसबेला त्रासमा परिणत भयो जतिबेला आफ्ना साथीहरू लिएर आएको बेहुलीको पूर्व पतिले कथित रूपमा गोली चलायो। यस घटनामा बेहुलीका काका गम्भीर रूपमा घाइते भए। उनलाई पहिला स्थानीय स्वास्थ्य केन्द्रमा लगियो जहाँबाट प्राथमिक उपचारपछि दुर्गापुर महकुमा अस्पतालमा रेफर गरियो। घटनापछि सम्पूर्ण क्षेत्रमा भय व्याप्त भएको छ।

जानकारी अनुसार खाँदरा पञ्चायत अन्तर्गत सिदुली बेजपाड़ामा माम्पी बेजको दोस्रो विवाह भइरहेको थियो। अपरान्हको समयमा भोज तथा विवाहको परम्परा पूरा भएपछि विदाईको तयारी भइरहेको थियो। अचानक बेहुलीको पूर्व पति शिवा बेज आफ्ना केही साथीहरूसित चार चक्के वाहनमा त्यहाँ पुगे। आरोप छ, विवाह समारोहमा पुग्नसाथ उसले बबाल मचायो। विरोध गर्दा गोली चलायो।

गोली बेहुलीका काका सरबल बेज उपनाम शिव बेजको कम्ममा लाग्यो। गोली लाग्नसाथ रगतपच्छे भएर तिनी मुर्छित परे। घटनापछि विवाह समारोहमा कोकोहोलो मचियो। मानिसहरू आ-आफ्नो ज्यान बचाउनका लागि भाग्न थाले। आरोपी घटनालाई परिणाम दिएपछि त्यहाँबाट भाग्यो।

बेहुलीका पिताले बताए, लगभग चार वर्षअघि उनको छोरीको विवाह दुर्गापुरको कुरूलिया डाङ्गा निवासी शिवा बेजसित भएको थियो। विवाद भएपछि मात्रथाहा लाग्यो कि शिवाको पहिलाबाटै तीन वटा पत्नी छन् जसको जानकारी उसले लुकाएको थियो। आरोप छ, मातेर उसले उनकी छोरीमाथि कुटपिट तथा अत्याचार गर्थ्यो। यहाँसम्म छोरीलाई एकपटक जलाउने प्रयास समेत गरिएको थियो। पतिको प्रताड़ना सहन गर्न नसकेर उनकी छोरी लगभग दुई वर्षअघि माइत घरमा आएकी थिई। तबदेखि नै उ माइतमै बस्दै आइरहेकी छे। यसबीच उसको दोस्रो विवाह तय गरियो।

परिवारको आरोप छ, आफ्नी पूर्व पत्नीको दोस्रो विवाहदेखि असन्तुष्ट शिवा बेजले यस्तो घटनालाई परिणाम दिएको हो। घटनाको सूचना पाए लगत्तै अण्डाल थाना, बनबहाल फाँड़ी तथा सीआईडीको टीम घटनास्थलमा पुगेर जाँचमा जुट्यो। पुलिसले क्षेत्रमा छापा मारेर आरोपी र उसका साथीहरूलाई खोजिरहेको छ। घटनापछि क्षेत्रको माहोल सन्त्राषपूर्ण भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande