
हुगली, 11 मई (हि. स.)। जिल्लाको गोघाटस्थित हाजीपुर क्षेत्रमा भारतीय जनता पार्टी (भाजपा)-का नेताहरूले तृणमूल कङ्ग्रेसको पार्टी कार्यालयको चाबी फर्काइदिए। सोमवार भएको यस घटनापछि राजनीतिक जगतमा चर्चा चुलिएको छ।
भनिन्छ, चुनाउ परिणाम घोषणा भएको दिन असन्तुष्ट ग्रामीणहरूले तृणमूलको पार्टी कार्यालयमा ताला लगाएर चाबी भाजपा नेताहरूलाई सुम्पिदिएका थिए। सोमवार भाजपाको पक्षबाट स्थानीय तृणमूल नेतृत्वलाई औपचारिक रूपमा चाबी फर्काइयो।
यस बारेमा भाजपा नेता चिन्मय पालले भने, हामी हिंसाको राजनीतमा विश्वास गर्दैनौं। त्यसैले सम्मानपूर्वक तृणमूल नेताहरूलाई चाबी फर्काइएको छ।
यस घटनालाई लिएर राजनीतिक विश्लेषकहरूको मान्यता छ, क्षेत्रमा शान्ति तथा सौहार्दको सन्देश दिने प्रयास गरिएको हो। तथापि यस मामिलामा अहिलेसम्म तृणमूल कङ्ग्रेसको पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा