
चण्डीगढ़, 11 मई (हि.स.)। पञ्जाबको लुधियानास्थित न्यू अग्र नगर क्षेत्रमा गए आइतवा राती एकजना पूर्व सैनिकले घरेलु विवादको कारणले आफ्नो एकमात्र छोरोको गोली दागी हत्या गरेपछि आफूले विष खाएर आत्महत्या गरे।
मृतकहरूको पहिचान सुरिन्दर सिंह र उनका छोरा गुरशरण सिंह उपनाम गिन्नीको रूपमा भएको छ। जानकारी अनुसार सुरिन्दर सिंहकी पत्नीको लगभग 5 वर्ष अगाड़ि निधन भएको थियो जसपश्चात तिनी दोस्रो विवाह गर्न चाहन्थे। तर छोरा गुरशरण सिंहले यसको विरोध गरिरहेका थिए। यसै कुरालाई लिएर पछिल्लो तीन वर्षदेखिको दुई बाउ-छोराबीच लगातार विवाद हुँदै आइरहेको थियो।
बितेको आइतवार राती पनि दुईबीच यसै मुद्दालाई लिएर भनाबैरी भयो जसले अचानक हिंसक रूप लियो। आरोप छ, सुरिन्दर सिंहले आफ्नो लाइसेन्सी 12 बोरको दुई नाले बन्दुक निकालेर छोरामाथि चलाउन शुरू गरे। पहिलो गोरी घरभित्रै चल्यो जसपश्चात गुरशरण ज्यान बचाउनको लागि बाहिर सड़क तर्फ भागे।
भनिन्छ, सुरिन्दर सिंह बन्दुक लिएर उसको पछाड़ि दौड़िए अनि सड़कमा फेरि गोली चलाए। एउटा गोली गुरशरणको पासुलालाई छोएर गयो जसले गर्दा तिनी भुइँमा मुर्छित परे। त्यसपछि सुरिन्दर सिंहले अर्को गोली चलाए जसले गर्दा उसको घटनास्थलमै मृत्यु भयो।
घटनालाई परिणाम दिएपछि सुरन्दर सिंह घर फर्किए अनि कथित रूपमा सल्फास निले। गोली चलेको आवाज सुनेर छिमेकीहरू घटनास्थलमा पुगे। पुलिसलाई सूचना दिइयो। दुवैलाई अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उनीहरूलाई मृत घोषित गरिदिए।
पुलिस र फोरेन्सिक टीमले घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ। पुलिसले लाइसेन्सी हतियारलाई कब्जामा लिएको छ भने शवहरूलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा