
शोणितपुर (असम), 11 मई, (हि.स.)। शोणितपुर जिल्लाको आमल गाउँमा एक सन्त्राषपूर्ण हत्या भएको घटना सामु भएको छ। बीरू लगुन नामक एकजना व्यक्तिको धारिलो हतियारले प्रहार गरी हत्या गरिएको छ।
पुलिसले आज बतायो, हत्या गरेको आरोप निर्मल मुण्डा नामक व्यक्तिमाथि लगाइएको छ। भनिन्छ, दुईबीच विवाद भएपछि यो घटना घटेको छ। विवाद अवधि निर्मल मुण्डाले बीरू लगुनमाथि धारिलो हतियारले प्रहार गरे जसबाट उसको घटनास्थलमै मृत्यु भयो।
घटनाको सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर जाँच कार्य शुरू गऱ्यो। आरोपी निर्मल मुण्डालाई पुलिसले पक्राउ गरेको छ। सम्पूर्ण मामिलाको अनुसन्धान पुलिसले गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा