एनडीए 3.0-को ठूलो घोषणाः असमका दश लाख युवाहरूले पाउनेछन् 5 लाख रुपियाँको उद्यमिता सहयोग
एनडीए 3.0-को ठूलो घोषणाः असमका दश लाख युवाहरूले पाउनेछन् 5 लाख रुपियाँको उद्यमिता सहयोग


गुवाहाटी, 11 मई, (हि.स.): असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोमवार राज्यका युवाहरूको लागि राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) 3.0 सरकारको ठूलो योजनाको घोषणा गर्दै भने,असमका दश लाख युवाहरूलाई उद्यमितालाई प्रोत्साहित गर्नको लागि प्रत्येकलाई पाँच लाख रुपिया सहायता प्रदान गरिनेछ।

मुख्यमन्त्रीले सोशल मीडिया मञ्च एक्समा यस आशयको जानकारी साझा गर्दै भने, यस पहलको उद्देश्य “आत्मनिर्भर असम” -को निर्माणलाई गति दिनु, स्थानीय उद्यमहरूलाई प्रोत्साहित गर्नु तथा युवाहरूको लागि रोजगार एवं स्वरोजगारको नयाँ अवसर तयार गर्नु हो।

उनले अझ भने, श्रेष्ठ भविष्य एउटा वाचा मात्र नभएर सरकारको मिशन पनि हो। मुख्यमन्त्रीले यो पनि भने, राज्य सरकार सपना देख्ने तथा रोजगार सृजित गर्ने युवाहरूको साथमा छ।

यो घोषणा यस्तो समयमा भएको छ जतिबेला 12 मईको दिन हुने असम सरकारको शपथ ग्रहण समारोहको तयारी भइरहेको छ। मुख्यमन्त्री डा. सरमाले नयाँ एनडीए क्याबिनेटको साथमा शपथ ग्रहण गर्नेछन्। समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी सहित देशभरिका केही वरिष्ठ नेताहरू उपस्थित रहनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande