
- अब नरोकिई स्वतः टोल कट्ने
नयाँ दिल्ली, 11 मई (हि.स.)। केन्द्रिय सड़क परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले आज दिल्लीको यूईआर-II मा रहेको मुंडका-बक्करवाला टोल प्लाजामा मल्टि-लेन फ्रि फ्लो (एमएलएफएफ) ब्यारेयररहित टोलिङ प्रणालीको उद्घाटन गरेका छन्। यो देशमा यस प्रकारको दोस्रो टोलिङ प्रणाली हो। यसअघि २ मईमा गुजरात को एनएच-४८ अन्तर्गत सूरत-भरुच खण्डस्थित चोरायासी टोल प्लाजामा यो प्रणाली शचरु गरिएको थियो।
यस अवसरमा केन्द्रिय राज्यमन्त्री हर्ष मल्होत्रा, केन्द्रिय राज्यमन्त्री अजय टम्टा, पश्चिमी दिल्लीकी सांसद कमलजीत सहरावत, उत्तरपश्चिम दिल्लीका सांसद योगेन्द्र चंदौलिया तथा भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएचएआई) का अध्यक्ष सन्तोष कुमार यादव उपस्थित थिए। एनएचएआई अधिकारीहरूले केन्द्रिय मन्त्रीलाई नयाँ टोलिङ प्रणालीको कार्यप्रणालीबारे जानकारी दिएका थिए।
अब सवारीसाधनलाई उक्त टोल प्लाजामा रोकिनु वा गति कम गर्नु आवश्यक पर्ने छैन। यस प्रणालीअन्तर्गत हाई-रेजोल्युसन क्यामेरा, अटोमेटिक नम्बर प्लेट रिकग्निसन (एएनपीआर) प्रविधि, रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन (आरएफआईडी), रडार, लिडार तथा फास्ट्याग आधारित डिजिटल नेटवर्कमार्फत सवारीको पहिचान गरिनेछ। सवारी टोल प्लाजा पार गर्ने बित्तिकै त्यसको फास्ट्याग खाताबाट स्वतः टोल शुल्क काटिनेछ।
एनएचएआईका अनुसार, यो प्रणाली पूर्ण रूपमा ब्यारेयररहित हुनेछ, जसमा कुनै भौतिक गेट वा म्यानुअल हस्तक्षेपको आवश्यकता पर्दैन। सवारीसाधनले राजमार्गको सामान्य गतिमा बिना रोकावट टोल पार गर्न सक्नेछन्। यसबाट लामो लाइन र ट्राफिक जामको समस्या कम हुनेछ। निरन्तर गतिमा सवारी सञ्चालन हुँदा यात्रा समय घट्ने, इन्धन बचत हुने तथा सवारीबाट हुने प्रदूषणमा पनि कमी आउने अपेक्षा गरिएको छ।
अधिकारीहरूका अनुसार, यो प्रणाली पूर्ण रूपमा डिजिटल र रियल-टाइम निगरानीमा आधारित छ। यसबाट टोल संकलन प्रक्रिया अझ पारदर्शी बन्नेछ र राजस्व चुहावटको सम्भावना समाप्त हुनेछ। प्रणालीमार्फत ट्राफिक गतिविधि, अडिट ट्रेल तथा डेटा विश्लेषणको निगरानी पनि गर्न सकिनेछ।
एनएचएआईका अनुसार, यस प्रणालीको पहिलो चरणमा देशका ९ राज्यका १७ टोल प्लाजा समावेश गरिएका छन्। गुजरातको चोरायासी टोल प्लाजा यसअघि नै सञ्चालनमा आइसकेको छ भने दिल्लीको मुंडका टोल प्लाजा अब सञ्चालनमा आएको हो। हरियाणा, राजस्थान, तमिलनाडु, आन्ध्र प्रदेश, महाराष्ट्र, कर्नाटक र असमका विभिन्न टोल प्लाजालाई सेप्टेम्बरसम्म चरणबद्ध रूपमा एमएलएफएफ प्रणालीसँग जोडिनेछ। दोस्रो चरणमा १०८ भन्दा बढी टोल प्लाजालाई मार्च २०२७ सम्म यस प्रणालीअन्तर्गत ल्याउने योजना रहेको छ।
एनएचएआईले टोल भुक्तानी नगर्ने सवारीसाधनका लागि कडा कार्यान्वयन प्रणाली पनि लागू गरिएको जनाएको छ। यदि कुनै सवारीको फास्ट्याग ब्ल्याकलिस्टमा परेको, कम ब्यालेन्स भएको वा अमान्य पाइएमा प्रणालीले स्वतः दोब्बर टोल शुल्कसहित ई-नोटिस जारी गर्नेछ। बक्यौता भुक्तानी नभएसम्म सम्बन्धित फास्ट्याग निलम्बित रहनेछ र कुनै पनि फास्ट्याग आधारित सेवामा काम गर्नेछैन।
एनएचएआईका अनुसार, बक्यौता टोल भएका सवारीको स्वामित्व हस्तान्तरणका लागि आवश्यक एनओसी जारी गरिने छैन। व्यावसायिक सवारीको फिटनेस प्रमाणपत्र नवीकरण तथा राष्ट्रिय अनुमति पत्र जारी गर्दा पनि बक्यौता टोल भुक्तानी अनिवार्य रूपमा जाँच गरिनेछ। यसका लागि जनवरी १३ र मार्च १७ का राजपत्र सूचनाअन्तर्गत कानुनी व्यवस्था लागू गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी