डीएमई इन्द्रजीत साहालाई बर्खास्त गर्ने मागमा मुख्यमन्त्रीसित पत्राचार
डीएमई इन्द्रजीत साहालाई बर्खास्त गर्ने मागमा मुख्यमन्त्रीसित पत्राचार


कोलकाता, 11 मई (हि.स.)। पश्चिम बङ्गालका डाइरेक्टर अफ मेडिकल एजुकेशन (डीएमई) डा. इन्द्रजीत साहालाई तत्काल बर्खास्त गर्ने माग उठेको छ। पीपुल्स फर बेटर ट्रीटमेन्ट (पीबीटी)- का अध्यक्ष डा. कुनाल साहाले मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई पत्र लेखेर यस मामिलामा हस्तक्षेप गर्ने अपील गरेका छन्।

डा. कुनाल साहाले पत्रमा आरोप लगाएका छन्, डा. इन्द्रजीत साहाको अतीत विवादहरूले घेरिएको छ। उनलाई पूर्व मुख्यमन्त्री तथा तत्कालीन स्वास्थ्य मन्त्री ममता ब्यानर्जीसित निकट सम्बन्ध रहेको कारणले डीएमई जस्तो महत्वपूर्ण पदमा नियुक्त गरिएको थियो।

पत्रमा भनिएको छ, उच्चतम अदालतमा दर्ता एउटा स्पेशल लीभ पिटीशन अवधि डा. इन्द्रजीत साहाले ह लफनामामा कथित रूपमा गलत जानकारी दिएका थिए। यो मामिला डा. सुकुमार मुखर्जीलाई पश्चिम बङ्गाल स्वास्थ्य विभागको ‘मुख्य सल्लाहकार’ नियुक्त गरिएकोसित सम्बन्धित छ।

डा. कुनाल साहाले भने, उनकी पत्नी अनुराधा साहाको मृत्यु मामिलामा चिकित्सामा लापरवाही गरेको कारणले उच्चतम अदालतले डा. सुकुमार मुखर्जीलाई दोषी ठहर गरेको थियो। तथापि उनलाई स्वास्थ्य विभागको सल्लाहकार बनाइएकोमा अदालतमा चुनौती दिइएको थियो।

पीबीटीले मुख्यमन्त्रीसित माग गरेको छ, डीएमई पदमा छँदाको ़डा. इन्द्रजीत साहाको भूमिकाको जाँच गराइयोस् अनि चिकित्सा शिक्षा व्वस्थामा पारदर्शितालाई कायम राख्नको लागि आवश्यक कदम उठाइयोस्। सङ्गठनको भनाइ छ, स्वास्थ्य व्यवस्थामा जनविश्वास बहाल गर्नको लागि यस मामिलामा तत्काल कारबाही हुन आवश्यक छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande