सरकारी योजनाहरू चलिरहनेछ, मृत मानिसहरूले लाभ पाउने छैनन्ः मुख्यमन्त्री शुभेन्दु अधिकारी
सरकारी योजनाहरू चलिरहनेछ, मृत मानिसहरूले लाभ पाउने छैनन्ः मुख्यमन्त्री शुभेन्दु अधिकारी


कोलकाता, 11 मई (हि.स.)। पश्चिम बङ्गालमा सत्ता परिवर्तन भएपछि राजनीतिक जगतमा चर्चा भइरहेको थियो, के पूर्ववर्ती सरकारका सामाजिक योजना जस्तै लक्ष्मी भण्डार र स्वास्थ्य साथीलाई बन्द गरिनेछ? यद्यपि सोमवार नवान्नमा मन्त्रीमण्डलको पहिलो बैठक सम्पन्न भएपछि मुख्यमन्त्री शुभेन्दु अधिकारीले स्पष्ट पारे, राज्यमा कुनै पनि सरकारी योजनाको लाभलाई बन्द गरिनेछैन।

मुख्यमन्त्रीले भने, राज्यका सबै सरकारी योजनाहरू पहिला जस्तै जारी रहनेछन्। तथापि हरेक योजनामा पारदर्शिता ल्याइनेछ। उनले भने, कुनै पनि मृत व्यक्तिले योजनाहरूको लाभ पाउने छैन कुनै पनि ‘अभारतीय’ व्यक्तिलाई सामाजिक योजनाहरूको फाइदा दिइनेछैन।

उल्लेखनीय छ, पूर्ववर्ती सरकारको समयमा दुई वटा सामाजिक योजनाहरू सबैभन्दा अधिक लोकप्रिय थियो लक्ष्मी भण्डार र स्वास्थ्य साथी। लक्ष्मी भण्डार योजना अन्तर्गत राज्यका महिलाहरूलाई प्रतिमहिना आर्थिक सहायता दिइन्थ्यो। सामान्य वर्गका महिलाहरूलाई डेढ़ हजार रुपियाँ र अनुसूचित जनजातिका महिलाहरूलाई एक हजार सात सय रुपियाँ प्रतिमहिना प्राप्त हुन्थ्यो।

यसरी नै स्वास्थ्य साथी योजना अन्तर्गत परिवारहरूलाई वर्षेनी पाँच लाख रुपियाँंसम्मको स्वास्थ्य बीमा कभर प्रदान गरिन्थ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande