
गुवाहाटी, 11 मई, (हि.स.)। असमकामुख्यमन्त्रीकोरूपमाडा. हिमन्त बिस्व सरमाकोशपथ ग्रहण समारोह हुनअघि गुवाहाटीको खानपाड़ा स्थित भेटरिनरी कलेज मैदानमा सुरक्षा व्यवस्थालाई कड़ा बनइएको छ। समारोह 12 मईको बिहान 11:40 बजी आयोजना हुनेछ।
शपथ ग्रहण समारोहलाई लिएर कार्यक्रम स्थलमा व्यापक तयारी भइरहेको छ। समारोहमा भाजपाका वरिष्ठ नेता, राजग सहयोगी दलका प्रतिनिधिहरू, प्रशासनिक अधिकारीहरू तथा राज्यभरिबाटै ठूलो सङ्ख्यामा पार्टी कार्यकर्ताहरू सामेल हुने सम्भावना छ।
मैदानतथा यस वरपर पुलिस बलको तैनाथीलाई बढ़ाइएको छ। विभिन्न स्थानहरूमा ब्यारिकेड गरिएको छ तथा सुरक्षा जाँच चौकीहरू स्थापना गरिएको छ। यसको साथै मञ्च निर्माण, बस्ने व्यवस्था एवं अन्य व्यवस्थाहरूलाई अन्तिम रूप दिइँदैछ।
यसअघि असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले भारतीय संविधानको अनुच्छेद 164(1)अन्तर्गतडा. हिमन्त बिस्व सरमालाईऔपचारिक रूपमा मुख्यमन्त्री नियुक्त गरे। यस सम्बन्धमा असम सरकारको संसदीय कार्य विभागद्वारा अधिसूचना जारी गरियो।
अधिसूचना भनिएको छ, राज्यपाललेसंविधानकोअनुच्छेद 164 कोधारा (1)अन्तर्गत प्राप्त शक्तिहरू प्रयोग गरी डा. सरमालाई असमको मुख्यमन्त्री नियुक्त गरेका छन्।
उल्लेखनीय छ,विधानसभा चुनाउमा भाजपा नेतृत्वाधिन गठबन्दनको प्रचण्ड जीत भएपछि डा. सरमाले नयाँ सरकार गठनको दाबी पेश गरेका थिए।
मुख्य सचिव डा,रवि कोटाद्वारा हस्ताक्षरित अधिसूचनालाई संवैधानिक प्राधिकरण, वरिष्ठ प्रशासनिक अधिकारी तथा सम्बन्धित विभागहरूलाई आवश्यक कारबाहीको लागि पठाइएको छ। शपथ ग्रहण समारोहलाई लिएर शहरभरि नै उत्साह छाएको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा