
कोलकाता, 11 मई (हि.स.)। पश्चिम बङ्गालकापूर्व मन्त्री औतृणमूल कङ्ग्रेस नेता सुजित बोस सोमवारप्रवर्तन निदेशालय (ईडी)-को कार्यालयमा पेश भए। मतदानपछि उनी पहिलो पटक ईडी समक्षपेश भएका छन्।
यसअघि गत एक मईमा उनलाई ईडी कार्यालयमा पुग्नुथियो। तथापि चार मईमा चुनाउ परिणाम घोषणा भएपछि यो उनको पहिलो उपस्थिति मानिँदैछ। यस अवधि उनको साथमा उनका वकिल पनि उपस्थित थिए।
ईडी सूत्रमुताविक उनलाई शिक्षक भर्ती घोटाला (नियुक्ति भ्रष्टाचार मामिला) मा जाँचबुझ गर्नको लागि बोलाइएको छ। चुनाउअघि पनि ईडीले कैयौं पटक बिधाननगर सीटबाटतृणमूल उम्मेद्वार सुजित बोसलाई समन पठाइसकेको थियो, तर चुनावी व्यस्तताको कारणले उनी पेश हुन सकेनन्। पछि उनले यस सम्बन्धमा अदालतलाई पनि अवगत गराएका थिए।
कलकत्ता उच्च न्यायालयको निर्देश अनुसार, उनी सल्टलेकको सीजीओ कम्प्लेक्सस्थित ईडी कार्यालयमा पुगेर पेश भए। हाल मामिलामा जाँचबुझ भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा