सिण्डिकेट र अवैध धन आर्जनको आरोपलाई लिएर भाजपाको प्रदर्शन
सिण्डिकेट र अवैध धन आर्जनको आरोपलाई लिएर भाजपाको प्रदर्शन


सिलगढ़ी, 11 मई (हि.स.)। सिलगढ़ीको दार्जीलिङ मोड़ क्षेत्रमा टूर एण्ड ट्राभल्सको नाममा सिण्डिकेट सञ्चालन गरी अवैध धन उपार्जन गरेको आरोपलाई लिएर भारतीय जनता पार्टी (भाजपा)-ले सोमवार व्यापक विरोध प्रदर्शन गऱ्यो।

भाजपा नेताहरूले आरोप लगाए, दार्जीलिङ मोड़मा पछिल्लो लामो समयदेखिकै कथित सिण्डिकेटको माध्यमबाट अवैध रूपमा धन आर्जन गरिरहेको छ। यसैको विरोधमा पार्टीका नेता तथा कार्यकर्ताहरू सड़कमा उत्रेर प्रदर्शन गरेका हुन्। यस अवधि तनाउ उत्पन्न भएकोले यातायात पनि प्रभावित भयो। घटनाको सूचना पाएर सिलगढ़ीमेट्रोपोलिटन पुलिस अन्तर्गत प्रधाननगर थानाकोपुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो।

भाजपा नेताहरूको भनाइ छ, केही मानिसहरूले जाली तथा अधुरो कागजपत्रको सहारा लिएर आम मानिसहरू तथा लघु व्यापारीहरूमाथि दबाव दिँदै पैसा असुलिरहेका छन्। उनीहरूले स्पष्ट पारे, अब यस किसिमको गतिविधिलाई कुनै पनि मूल्यमा सहन गरिनेछैन। राज्यमा सत्ता परिवर्तन भएपछि यस्तो“सिण्डिकेट राज”-लाई मास्ने प्रक्रिया शुरू भइसकेको छ।

अर्कोतिर यस किसिमको आरोप लगाइएको टूर एण्ड ट्राभल्सले सबै आरोपहरूलाई निराधार तथा राजनीतिबाट प्रेरित बताएको छ। उनीहरूको भनाइ छ, उनीहरूको काम पूर्ण रूपले वैधछ र आवश्यक दस्तावेज पनि छ। उनीहरूको दाबी छ, उनीहरूले मात्र दश प्रतिशत कमिशन लिन्छन् र यस व्यवसायबाट 20-25 जना युवाहरूले रोजगार पाइरहेका छन्। हाल सम्पूर्ण मामिलालाई लिएर क्षेत्रमा राजनीतिक हावा तातिएको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande