
कछार (असम), 11 मई, (हि.स.)। असमको सिलचर रेलवे स्टेशन क्षेत्रमा पुलिसले अभियान सञ्चालन गरी हेरोइन सहित दुई जना कथित मादक तस्करहरूलाई पक्राउ गरेको छ। जफत गरिएको मादक पदार्थको अन्तर्राष्ट्रिय बजारमा अनुमानित मूल्य लगभग 25 लाख रुपियाँ रहेको छ।
कछार जिल्ला पुलिस अधीक्षक कार्यालयबाट आज जारी आधिकारिक जानकारी अनुसार बितेको राती लगभग 10:30 बजे विश्वसनीय सूचना प्राप्त भएको थियो, केही मानिसहरूले सिलचर-रङ्गिया ट्रेन मार्फत एनडीपीएस प्रतिबन्धित पदार्थ लिएर यात्रा गरिरहेका छन्। सूचनाको आधारमा सिलचर रेलवे स्टेशनको द्वितीय गेट, अन्नपूर्णा पेट्रोल पम्पको छेउमा विशेष जाँच अभियान सञ्चालन गरियो।
अभियानको क्रममा पुलिसले दुई जना आरोपीहरूलाई हिरासतमा लियो। जाँचपछि उनीहरूलाई पक्राउ गरियो। आरोपीहरूको पहिचन बक्तार उद्दीन लस्कर (45) र रञ्जना बेगम लस्कर (40) -को रूपमा भएको छ। दुवै कछार जिल्लाको धोलाई थाना क्षेत्रका निवासी रहेको बताइएको छ।
जाँच गर्दा आरोपीहरूको कब्जाबाट पाँच वटा साबुनदानीमा लुकाएर राखिएको 52 ग्राम संदिग्ध हेरोइन जफत गरियो। यस अतिरिक्त दुई वटा मोबाइल फोन पनि जफत गरिएको छ।
पुलिसले एनडीपीएस एक्ट, 1985 अन्तर्गत सबै कानूनी प्रक्रिया पूरा गरी जफत गरिएका सामग्रीहरूलाई आफ्नो कब्जामा लिएको छ। पक्रा पर्ने आरोपीहरूलाई अग्रिम कानूनी कारबाहीको लागि सिलचर थानामा लगिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा