
कोलकाता, 11 मई (हि.स.)। पश्चिम बङ्गाल सरकारले आधिकारिक रूपमा आयुष्मान भारत योजनासित जोड़िने फसेला गरेका छन्। सोमवार नवान्नमा आयोजित राज्य मन्त्रीमण्डलको पहिलो बैठकपछि मुख्यमन्त्री शुभेन्दु अधिकारीले पत्रकारहरूलाई यस आशयको जानकारी गराएका हुन्।
आयुष्मान भारत भारत सरकारको एक प्रमुख स्वास्थ्य बीमा योजना हो जसलाई वर्ष 2018-मा शुरू गरिएको थियो। यो सरकारी फण्डबाट सञ्चालित दुनियाँकै सबैभन्दा ठूलो स्वास्थ्य योजनाहरूमा दर्रिन्छ। पहिला राज्यको तृणमूल कङ्ग्रेस सरकारले यस योजनाको विरोध गरेको थियो, तर हालैमा विधानसभा चुनाउमा परास्त भएपछि नयाँ सरकारले यसलाई लागू गर्ने निर्णय लिएको छ।
यस योजनाको मुख्य उद्देश्य आर्थिक रूपमा कमजोर परिवारहरूलाई उन्नत उपचारको लागि प्रतिपरिवार वर्षेनी 5 लाख रुपियाँसम्मको निःशुल्क बीमा उपलब्ध गराउनु हो।
मुख्यमन्त्री शुभेन्दु अधिकारीले बताए, स्वास्थ्य सचिव तथा मुख्यमन्त्री कार्यालयका सल्लाहकारलाई केन्द्रको स्वास्थ्य मन्त्रालयसित चाँड़ै आवश्यक सम्झौता पूरा गर्ने निर्देश दिइएको छ।
यस योजना अन्तर्गत उपचारअघि र पछिको खर्च साथै अस्पताल आउने-जाने भत्ता पनि सामेल छन्। यस अतिरिक्त आयुष्मान भारत डिजिटल मिशन अन्तर्गत आयुष्मान भारत हेल्थ अकाउन्ट (आभा) नम्बरको माध्यमबाट रोगीहरूको डिजिटल हेल्थ रेकर्ड सुरक्षित राख्न सकिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा