
कोलकाता, 11 मई (हि. स.)। विधानसभा चुनाउमा ठूलो हार भएपछि तृणमूल कङ्ग्रेसभित्र उठिरहेका आवाजहरूलाई लिएर बङ्गालमा नवगठित सरकारमा मन्त्री तथा वरिष्ठ भाजपा नेता दिलीप घोषले कटाक्ष गरेका छन्। सोमवार दिलीप घोषले भने, यसपालि तृणमूल कङ्ग्रेस पार्टी पूर्ण रूपले फेरिनेछ। उनले भने, सम्पूर्ण पार्टी नै परिवर्तन हुनेछ। उनीहरूका युवा नेता तथा प्रवक्ताहरूले दिरहेका बयानहरूबाट यस्तै प्रतीत भइरहेको छ। यो उनीहरूको समस्या हो, हाम्रो होइन।
पश्चिम एशियामा व्याप्त सङ्घर्षको माहोलमा देशवासीहरूसित प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा गरिएका केही अपीलहरूको उल्लेख गर्दै दिलीपले भने, दुनियाँमा कहीँ न कतै लगभग तीन वर्षदेखिको युद्ध हुँदै आइरहेको छ। ग्यासको मूल्य बढ़ेको छ, किनभने यो आयातित हो। हामी 40 वटा देशहरूबाट डिजल आयात गर्दछौं र यसको मूल्य कहिल्यै बढ़ेको छैन। तर दीर्घकालिक प्रभाव पर्नसक्छ।
तमिलनाडुका मुख्यमन्त्रीको रूपमा विजयको शपथ ग्रहणमाथि बोल्दै उनले भने, यो राम्रो कुरा हो कि राहुल गान्धी त्यहाँ धेर गएनन्, अन्यथा उनको (विजय) पनि हार हुन्थ्यो। जनताले उनलाई जिताएका छन्, हामी उनलाई स्वागत गर्दछौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा