राजगढ़ः नाबालिग किशोरीसित दुष्कर्मको मामिला, आरोपी फरार
राजगढ़ः नाबालिग किशोरीसित दुष्कर्मको मामिला, आरोपी फरार


राजगढ़, 11 मई (हि.स.)। मध्य प्रदेशको राजगढ़ जिल्लाको कोतवाली थाना क्षेत्रमा एक नाबालिग किशोरीको बलात्कारको घटना प्रकाशमा आएको छ। सोमवार पुलिसले फरार अभियुक्त विरुद्ध पोक्सो एक्ट सहित विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरेको छ।

पुलिस अनुसार, 17 वर्षीया किशोरीले आफ्नो उजुरीमा सोही गाउँका एक युवक रामबाबु तन्वरले कुनै बहाना बनाएर किशोरीलाई आफ्नो घर पछाड़ीको गोठमा बलजफ्ती बलात्कार गरेको बताएकी छन्। पीड़िताले आवाज उठाएपछि अभियुक्त घटनास्थलबाट भाग्यो। पीड़िताको बयानको आधारमा पुलिसले अभियुक्त विरुद्ध धारा 64(2)(एम) बीएनएस तथा पोक्सो एक्टको धारा 5/6 अन्तर्गत मुद्दा दर्ता गरेको छ। घटनाको जानकारी पाएपछि पुलिस टोलीले घटनास्थलको निरीक्षण गरी प्रमाण संकलन गरेको छ र अभियुक्तको खोजी शुरु गरेको छ। पुलिसले आरोपीलाई चाँड़ै पक्राउ गरी थप कारबाही गरिने बताएको छ। प्रशासनले यो विषयलाई गम्भीरतापूर्वक लिएको छ र अनुसन्धानलाई तीव्र बनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande