
खरसाङ, 11 मई (हि.स.)। विधानसभा चुनाउमा खरसाङ विधानसभा समष्टिबाट भारतीय जनता पार्टीका उम्मेदवार सोनाम लामालाई जिताएकोमा गोर्खा जनमुक्ति मोर्चा तीनधारे महानदी समष्टि अन्तर्गत सिविटार गिताङ्गे खण्ड समितिद्वारा आफ्नो क्षेत्रको जनतालाई धन्यवाद दिॅंदै बिजय जुलूस आयोजना गरिएको छ।
उक्त बिजय जुलूस सिविटारको आहाल गैरीदेखि शुरु भएर सिविटार चियाबारीका विभिन्न स्थानहरु हुँदै बाघमारा बस्तीसम्म आयोजना गरिएको थियो। यस बिजय जुलूसमा गोर्खा जनमुक्ति मोर्चा, भारतीय जनता पार्टी र गठबन्धन दलका प्रतिनिधिहरु उपस्थित रहेका थिए।
बिजय जुलूसमा खरसाङ महकुमा युवा मोर्चा अध्यक्ष सत्यवान छेत्री, तीनधारे महानदी समिष्ट युवा मोर्चा अध्यक्ष मनोज थापाको विशेष उपस्थिति रहेको थियो। यस अवसरमा विधानसभा चुनाउमा बिजय हासिल गरेकोमा खुशी मनाउनुका साथै स्थानीय जनतालाई धन्यवाद पनि दिइएको छ।
हिन्दुस्थान समाचार / हनोक