मुख्यमन्त्रीको रूपमा पहिलो पटक नवान्न पुगे शुभेन्दु अधिकारी, गार्ड अफ अनर दिइयो
मुख्यमन्त्रीको रूपमा पहिलो पटक नवान्न पुगे शुभेन्दु अधिकारी, गार्ड अफ अनर दिइयो


कोलकाता, 11 मई(हि स)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले सोमवार सोशल मीडिया मञ्च एक्समा जानकारी दिए, राज्यको कानून-व्यवस्था तथा प्रशासनिक स्थितिलाई लिएर नवान्नमा एक उच्चस्तरीय समीक्षा बैठक आयोजना गरियो।

मुख्यमन्त्रीको रूपमा पहिलो पटक नवान्नमा प्रवेश गरेकोमा शुभेन्दु अधिकारीलाई गार्ड अफ अनर दिइयो। त्यसपछि उनले वरिष्ठ प्रशासनिक अधिकारीहरूसित बैठक गरे।

बैठकमा मुख्य सचिव दुष्यन्त नारियाला, गृह सचिव (संघमित्रा घोष), पुलिस महानिदेशक सिद्धनाथ गुप्ता र कोलकाता पुलिस आयुक्त अजय नन्द उपस्थित थिए।

बैठकमा राज्यको वर्तमान कानून-व्यवस्था तथा प्रशासनिक अवस्थाको समीक्षा गरियो। साथै नागरिकहरूको सुरक्षा अनि राज्यको समग्र विकासलाई सुनिश्चित गर्नको लागि विभिन्न प्रसासनिक प्राथमिकताहरूमाथि चर्चा भयो।

शुभेन्दु अधिकारीले आफ्नो पोस्टमा भने, पारदर्शी तथा प्रभावकारी शासन व्यवस्थाप्रति उनको प्रतिबद्धता पूर्ण रूपमा कायम छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande