तृणमूल कङ्ग्रेसका अधिकांश नेताहरू भ्रष्टाचारमा लिप्त छन् : दिलीप घोष
तृणमूल कङ्ग्रेसका अधिकांश नेताहरू भ्रष्टाचारमा लिप्त छन् : दिलीप घोष


कोलकाता, 12 मई (हि.स.)। राज्यका पञ्चायत एवं कृषि विपणन मन्त्री दिलीप घोषले आरोप लगाएका छन्, तृणमूल कङ्ग्रेसका अधिकांश नेताहरू भ्रष्टाचारमा लिप्त रहेका छन्।

मङ्गलवार बिहान पत्रकारहरूसित बातचित गर्दै उनले भने, “तृणमूलका अधिकांश नेताहरू भ्रष्ट छन्। अहिलेसम्म पुलिस तथा सरकारको अनुमति नपाएको कारणले जाँच भइरहेको थिएन, तर अब सबै मामिलाहरूको पुनः जाँच गरिनेछ। हरेक चिजको जाँच हुनेछ। जनताले जे चाहन्छन्, त्यही हुनेछ।”

उल्लेखनीय छ, आर्थिक अनियमिततासित सम्बन्धित मामिलामा गए सोमवार राति प्रवर्तन निदेशालयले तृणमूल कङ्ग्रेस नेता सुजीत बोसलाई पक्राउ गरेको थियो। सुजीत बोसको पक्राउपछि मङ्गलवार बिहान मन्त्री दिलीप घोषले उपरोक्त टिप्पणी गरेका हुन्।

यता एसआईआरलाई लिएर सर्वोच्च न्यायालयको ताजा सुनवाईको सन्दर्भमा मन्त्री दिलीप घोषले भने, “सूचीबाट नाम हटाइएका मानिसहरूलाई ट्रिब्यूनलले एफआईआर दर्ता गर्ने अधिकार दिएको छ। गल्ती कुनै पनि ठाउँमा हुनसक्छ, तर यो कुनै गल्ती होइन, तृणमूलका सदस्यहरूले यसलाई सुनियोजित ढङ्गमा गरेका हुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande