नीट-यूजी परीक्षामा कथित अनियमिततालाई लिएर अभाविपद्वारा चिन्ता व्यक्त
नीट-यूजी परीक्षामा कथित अनियमिततालाई लिएर अभाविपद्वारा चिन्ता व्यक्त


नयाँ दिल्ली, 12 मई (हि.स.)। अखिल भारतीय विद्यार्थी परिषद (अभाविप)-ले राष्ट्रिय पात्रता एवं प्रवेश परीक्षा (नीट-यूजी)-मा भएको कथित अनियमितता, पेपर लीक एवं परीक्षाको गोपनीयता र विश्वसनीयतालाई लिएर उठिरहेका गम्भीर प्रश्नहरूप्रति चिन्ता व्यक्त गरेको छ। अभाविप अनुसार विभिन्न पत्रकार रिपोर्ट्स, एनटीए एवं जाँच एजेन्सीले दिरहेको जानकारीले देशभरिका लाखौं विद्यार्थी एवं अभिभावकहरूको मनमा परीक्षा प्रणालीको विस्वसनीयतालाई लिएर गहिरो चिन्ता उत्पन्न भएको छ।

अभाविपले केन्द्र सरकारसित माग गरेको छ, यस सम्पूर्ण प्रकरणको निष्पक्ष एवं समयबद्ध जाँच केन्द्रिय एजेन्सीहरूबाट गराइयोस् तथा यसमा सलिप्त दोषी, परीक्षा-माफिया एवं कुनै पनि स्तरमा सहयोग गर्ने व्यक्तिहरूविरूद्घ कठोर कारबाही सुनिश्चित गरियोस्। साथै जाँच पूरा नहुञ्जेलसम्म राष्ट्रिय परीक्षा एजेन्सी (एनटीए)- ले सम्पूर्ण प्रकरणमा पारदर्शितालाई कायम राख्दै विद्यार्थी एवं अभिभावकहरू समक्ष तथ्य स्पष्ट पारोस्।

अभाविपको स्पष्ट मत छ, प्रवेश परीक्षाहरूको सुचिता एवं विश्वसनीयतासित कुनै पनि प्रकारको सम्झौतालाई स्वीकार गरिनेछैन। यदि परीक्षाअघि प्रश्नपत्र अथवा त्योसित सम्बन्धित प्रश्नहरू केही मानिसहरूसम्म पुग्छ भने यो परीक्षा प्रणालीमाथि मात्र आघात नभएर वर्षभरि मिहेनत गर्ने लाखौं विद्यार्थीहरूको भविष्यसित अन्याय पनि हो।

अभाविपका राष्ट्रिय महामन्त्री डा. वीरेन्द्र सिंह सोलङ्कीले भने, देशका लाखौं विद्यार्थीहरू वर्षौंको मिहेनत र सङ्घर्षपछि नीट जस्तो परीक्षामासामेल हुन्छन्। यस्तो स्थितिमा कुनै पनि प्रकारको अनियमितताले उनीहरूको मनोबल तथा भविष्यमाथि गम्भीर प्रभाव पार्दछ। त्यसैले सम्पूर्ण प्रकरणको निष्पक्ष जाँच हुन आवश्यक छ। दोषीहरूलाई कुनै पनि स्थितिमा नछोड़ियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande