
कोलकाता, 12 मई (हि.स.)। पश्चिम बङ्गाल सरकारमा नगर विकास एवं नगर निकाय मामिला सहित महिला एवं बाल विकास विभागको जिम्मेवारी पाएपछि मन्त्री अग्निमित्रा पालले मङ्गलवार बिहान आफ्नो विभागीय कार्यालयमा पुगेर कार्यभार ग्रहण गरिन्। विभागको दायित्व ग्रहण गरेपछि उनले अधिकारीहरूसित पहिलो औपचारिक बैठक पनि गरिन् जसमा विभिन्न योजनाहरू तथा प्राथमिकताहरूलाई लिएर चर्चा गरियो।
मन्त्री अग्निमित्रा पालले भनिन्, उनलाई राज्य सरकारमा अत्यन्त महत्वपूर्ण विभागहरूको दायित्व दिइएको छ जसलाई उनले पूर्ण निष्ठाको साथमा पूरा निर्वहन गर्नेछन्। उनले पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीप्रति आभार व्यक्त गर्दै भनिन्, उनीमाथि गरिएको विश्वासलाई उनले जनताको हितमा काम गरेर साबित गर्ने प्रयास गर्नेछन्।
उनले भनिन्, नगर विकास, नगर निकाय प्रशासन, महिला एवं बाल कल्याण जस्ता विभाग सोझै रूपमा आम मानिसहरूको जीवनसित जोड़िएका छन्। राज्यमा शहरी विकासलाई गति दिने, नगर सेवाहरूलाई श्रेष्ठ बनाउने तथा महिला अनि बाल-बालिकाहरूको कल्याणसित सम्बन्धित योजनाहरूलाई प्रभावकारी ढङ्गमा लागू गर्नु उनको प्राथमिकताहरूमा सामेल रहनेछन्।
विभागीय अधिकारीहरूसितको बैठकमा राज्यका विभिन्न नगर निकायहरूको वर्तमान स्थिति, विकास परियोजनाहरूको प्रगति, सर-सफाई, पेयजल, सड़क औ शहरी बुनियादी ढाँचामाथि विस्तार पूर्वक चर्चा गरियो। यसको साथै महिला सुरक्षा, पोषण, बाल कल्याण औ सामाजिक विकाससित सम्बन्धित योजनाहरूको पनि समीक्षा गरियो।
मन्त्रीले भनिन्, आगामी दिनमा धेरै वटा महत्वपूर्ण जिम्मेवारी तथा चुनौतीहरू छन्। सबै अधिकारी एवं कर्मचारीहरूको सहयोगमा उनी जनहितमा द्रूत गतिमा काम गर्न चाहन्छन्। उनले राज्यवासीहरूसित आशीर्वाद एवं सहयोगको अपील समेत गरिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा