2031-मा पनि सत्तामा फर्किनेछ भाजपा, आगामी 15 वर्षसम्म चल्नेछ हिमन्त सरकार: रञ्जीत दास
2031-मा पनि सत्तामा फर्किनेछ भाजपा, आगामी 15 वर्षसम्म चल्नेछ हिमन्त सरकार: रञ्जीत दास


गुवाहाटी, 12 मई, (हि.स.)। असम विधानसभाका अध्यक्ष पदको लागि एनडीए उम्मेद्वार रञ्जीत कुमार दासले मङ्गलवार विश्वास व्यक्त गरे, मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको नेतृत्वमा आगामी 15 वर्षसम्म असममा भाजपाको सत्ता कायम रहनेछ।

गुवाहाटीमा शपथ ग्रहण समारोहमा सामेल हुनपूर्व पत्रकारहरूसित कुराकानी गर्दै दासले भने, यो असमको लागि एउटा सौभाग्यपूर्ण दिन हो। उनले भने, राज्यका जनताले एकपटक फेरि हिमन्त बिस्व सरमालाई असमको विकासलाई नयाँ गति दिनको लागि चयन गरेका छन्।

उनले भने, देशभरभरिका लगभग 20 जना मुख्यमन्त्रीहरूको उपस्थितिले यस समारोहको महत्वलाई दर्शाउँछ। यो असमको बढ़्दो राष्ट्रिय पहिचानको प्रतीक हो।

भाजपाको भविष्यप्रति भरोसा व्यक्त गर्दै दासले दाबी गरे, आगामी वर्ष 2030-मा पनि राज्यमा भाजपाको सरकार बन्नेछ। उनले बने, हिमन्त बिस्व सरमा नेतृत्वाधिन सरकारले आगामी 15 वर्षसम्म राज्यको सेवा गरिरहनेछ।

विधानसभा अध्यक्ष पदको लागि आफ्नो उम्मेद्वारी घोषणा भएकोमा प्रतिक्रिया व्यक्त गर्दै उनले भने, मुख्यमन्त्रीले उनीमाथि विश्वास देखाएकोमा आफूलाई सौभाग्यशाली महसूस गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande