शक्तिपीठ माँ कामाख्या धाम पुगे नितिन नवीन, बिहार, दिल्ली र गोवाका मुख्मन्त्री
शक्तिपीठ माँ कामाख्या धाम पुगे नितिन नवीन, बिहार, दिल्ली र गोवाका मुख्मन्त्री


गुवाहाटी, 12 मई (हि.स.)। भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन सहित बिहार, दिल्ली र गोवाका मुख्यमन्त्रीले मङ्गलवार कामाख्या मन्दिरको दर्शन गरी आशीर्वाद ग्रहण गरे। यी सबै नेताहरू असमको नयाँ सरकारको शपथ ग्रहण समारोहमा सामेल हुनका लागि गुवाहाटी आएका छन्।

दर्शनपछि नितिन नवीनले पत्रकारहरूसित कुराकानी गर्दै भने, उनले देशको सुख, शान्ति एवं समृद्धिको लागि माँ कामाख्यासित आशीर्वाद मागे। सम्राट चौधरीले माँ कामाख्या धाममा पूजा-अर्चना गरी राज्यको सुख-समृद्धिको कामना गरे। यसरी नै दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले पनि माँ कामाख्या मन्दिरमा पूजा-अर्चना गरी आशीर्वाद लिइन्। उनी पनि समारोहमा सामेल हुनका लागि गुवाहाटी आइपुगेकी छन्।

यता गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले पनि माता कामाख्या मन्दिरको दर्शन गरी पूजा गरे।उनले नयाँ सरकारको शपथ ग्रहण समारोहमा सामेल हुनपूर्व माँ कामाख्याको आशीर्वाद प्राप्त गरे। जानकारी अनुसार शपथ ग्रहणको लागि गुवाहाटी आइपुगेका अन्य भीआईपीहरूले पनि आज माता कामाख्याको दर्शन गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande