
इटानगर, 12 मई (हि.स.)। अरुणाचल प्रदेशको राजधानी क्षेत्रका पुलिस उप महानिरीक्षक (डीआईजी) तूमे आमोले आज आफ्नो क्षेत्र अन्तर्गत सबै पुलिस प्रतिष्ठान तथा सार्वजनिक सम्पर्क केन्द्रहरूमा भ्रष्टाचारप्रति शून्य सहिष्णुताको कड़ा निर्देश जारी गरेका छन्।
आफ्नो आदेशमा उनले सबै पुलिस अधीक्षक( एसपी), एसडीपीओ, ओसी औ पर्यवेक्षक अधिकारीहरूलाई पुलिस थाना, चेक केट, यातायात चौकी, पुलिस चौकी एवं अन्य एकाईहरूमा पारदर्शिता, व्यावसायिकता र जवाफदेही सुनिश्चित गर्ने निर्देश दिएका छन्।
डीआईजीले भने, कुनै पनि व्यक्तिलाई इनर लाइन परमिट (आईएलपी) बिना प्रवेश, चेक गेटहरूबाट वाहनहरू गुज्रिन, कानूनी जरीमानादेखि बाहिर यातायात उल्लङ्घनहरूलाई सुल्झाउन, एफआईआर दर्ता गर्न, मामिला सुल्झाउन, पुलिस सत्यापन वा कुनै अन्य पुलिस सम्बन्धि सेवाहरूको लागि अवैध धन दिन बाध्य बनाउनु हुँदैन।
निर्देशहरूमा चेताउनी पनि दिइएको छ, भ्रष्टाचार, बलजफ्ती असुली, अवैध सङ्ग्रह वा आधिकारिक पदको दुरूपयोगमा कुनै पनि प्रकारको संलिप्ततामाथि कड़ा विभागीय तथा कानूनी कारबाही गरियोस्।
सबै यूनिट प्रमुखहरूलाई नियमित जागरूकता कार्यक्रम आयोजना गर्ने र पुलिस प्रतिष्ठानहरूमा सार्वजनिक नोटिस प्रदर्शित गर्ने निर्देश दिइएको छ ताकि नागरिकहरूलाई उनीहरूको अधिकारहरू बारे जागरूक बनाउन सकियोस् अनि भ्रष्टाचार र दुर्व्यवहारको रिपोर्ट गर्नको लागि प्रोत्साहित गर्न सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा