
कोलकाता, 12 मई (हि. स.)। पश्चिम बङ्गाल सरकारको विद्यालय शिक्षा विभागले विभाग तथा यस अधिनस्थ विभिन्न बोर्ड, संस्थान एवं सार्वजनिक उपक्रमहरूमा नामाङ्कित सदस्यहरू, निर्देशकहरू तथा अध्यक्षहरूको कार्यकाललाई समाप्त गर्ने प्रक्रिया शुरू गर्ने निर्देश दिएको छ। यस सम्बन्धमा विभागको पक्षबाट मङ्गलवार एक आधिकारिक पत्र जारी गरिएको छ।
विद्यालय शिक्षा विभागका विशेष सचिवद्वारा जारी पत्रमा भनिएको छ, गृह एवं पार्वतीय कार्य विभाग, पश्चिम बङ्गाल सरकारको निर्देशानुसर आवश्यक कारबाही गरिनेछ। पत्रमा भनिएको छ, विभिन्न बोर्ड, सङ्गठन तथा गैर-वैधानिक निकायहरूमा नामित सदस्यहरू, निदेशकहरू तथा अध्यक्षहरूको कार्यकाललाई तत्काल प्रभावदेखि समाप्त गर्ने प्रक्रियालाई पूरा गरियोस्।
साथै विभाग तथा यसका प्रशासनिक नियन्त्रणमा रहेका कार्यालयहरूमा 60 वर्षको सामान्य सेवानिवृत्ति आयुपछि दिइएको पुनर्नियोजित वा सेवा विस्तारलाई पनि समाप्त गर्ने निर्देश दिइएको छ।
विभागले सबै सम्बन्धित अधिकारी तथा संस्थानहरूसित भनेको छ, उनीहरूले यस सम्बन्धमा आवश्यक कारबाही गरी शीघ्र अनुपालन प्रतिवेदन विभागलाई पठाउन् ताकि त्यसलाई गृह एवं पार्वतीय कार्य विभागलाई प्रेषित गर्न सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा