
गुवाहाटी, 12 मई, (हि.स.)। असममा लगातार तेस्रो पटक मुख्यमन्त्री पदको शपथ ग्रहण गर्नअघि डा. हिमन्त बिस्व सरमाले मङ्गलवार माँ कामाख्या तथा महापुरूष श्रीमन्त शङ्करदेवको अशीर्वाद लिए।
सोशल मीडिया मञ्च एक्समा साझा गरिएको सन्देशमा डा. सरमाले विश्वास व्यक्त गरे, नयाँ सरकारको नेतृत्वमा असम शान्ति, विकास एवं समृद्धिको मार्गमा अग्रसर भइरहनेछ।
उनले भने, माँ कामाख्या र महापुरुष श्रीमन्त शङ्करदेवको आशीर्वाद राज्यलाई नयाँ उचाईँसम्म पुऱ्याउनमा मार्गदर्शन बन्नेछ अनि प्रदेशका मानिसहरूको जीवनमा सुख-समृद्धि ल्याउनेछ।
डा. सरमाले आफ्नो सन्देशमा भने, “माँ कामाख्या तथा महापुरुष श्रीमन्त शङ्करदेवको आशीर्वादले असमका प्रत्येक नागरिकको जीवनलाई आलोकित पारोस् साथै शान्ति, प्रगति अनि समृद्धिको नयाँ मार्ग प्रशस्त गरोस्। उनीहरूको आशीर्वादले असमले आगामी दिनमा विकासको नयाँ उचाईँलाई छुनेछ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा