
कोलकाता, 12 मई (हि.स.)। पश्चिम बङ्गालको हावड़ा नगरनिगम चुनाउलाई लिएर पछिल्लो लामो समयदेखिकै जारी गतिरोधलाई समाप्त गर्ने दिशामा राज्य सरकारले पहल शुरू गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारी तथा राज्यकी नगर विकास मन्त्री अग्निमित्रा पालबीच हावड़ा नगरनिगम चुनाउ चाँड़ै सम्पन्न गराउने विषयमा महत्वपूर्ण चर्चा भएको छ।
लगभग आठ वर्षदेखिको हावड़ा नगरनिगमको चुनाउ भएको छैन। यहाँ वर्ष 2013-मा अन्तिम पटक चुनाउ सम्पन्न भएको थियो भने नगरनिगमको कार्यकाल वर्ष 2018-मा समाप्त भएको थियो। त्यसपछिदेखि चुनाउ गराउनको सट्टा प्रशासन नियुक्त गरी नगरनिगमलाई सञ्चालन गरिँदैथ्यो।
नयाँ सरकारमा नगर विकास विभागको जिम्मेवारी सम्हालेपछि अग्निमित्रा पालले भनिन्, हावड़ा नगरनिगम चुनाउ नभएको कुरा हामी कसैबाट पनि लुक्न सकेको छैन। उनले बताइन्, पदभार ग्रहण गरेको पहिलो दिन नै मुख्यमन्त्रीसित यस मुद्दामा चर्चा भयो। सरकार चाहन्छ, हावड़ाका मानिसहरूलाई श्रेष्ठ नगरसेवाहरू प्राप्त होस् जसको लागि चुनाउ प्रक्रियालाई चाँड़ै अगाड़ि बढ़ाइनेछ।
स्मरण गराइन्छ, वर्ष 2015- मा बाली नगरपालिकालाई रद्द गरी त्यसलाई हावड़ा नगरनिगममा सामेल गरिएको थियो।त्यसताक 16 वटा नयाँ वार्डहरू बनाएर उपचुनाउ गराइएको थियो जसमा तत्कालीन सत्ताधारी तृणमूल कङ्ग्रेसले सबै सीटमा जीत दर्ता गरेको थियो। पछि बालीलाई फेरि भिन्नै नगरपालिकाको दर्जा दिनको लागि विधानसभामा विधेयक पारित गरिएको थियो।
सूत्र अनुसार हावड़ा नगरनिगमको वित्तीय व्यवस्था औ प्रशासनिक ढाँचालाई लिएर लामो समयसम्म राजभवन र राज्य सरकारबीच मतभेद भएको थियो। तथापि अहिलेघरि यस मुददामा सहमति भएको जानकारी पाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा