
गान्तोक, 12 मई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले अन्तरराष्ट्रिय नर्स दिवसको अवसरमा सम्पूर्ण समर्पित नर्सहरूलाई उनीहरूको निःस्वार्थ सेवा, करुणा तथा मानवताप्रतिको अटल समर्पणका लागि हार्दिक शुभकामना तथा गहिरो सम्मान व्यक्त गरेका छन्।
मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा भने, 'नर्सहरू हाम्रो स्वास्थ्य सेवा प्रणालीका मेरुदण्ड हुन्। उहाँहरूले धैर्यता, स्याहार र व्यावसायिकतासहित निरन्तर रूपमा प्रत्येक बिरामीको स्वास्थ्य र कल्याणका लागि अथक सेवा प्रदान गर्दै आउनुभएको छ। सङ्कट र आवश्यकताको समयमा उहाँहरूको योगदान अझ बढी महत्वपूर्ण बन्ने गर्दछ।'मुख्यमन्त्री आज हामी सम्पूर्ण नर्स समुदायको उल्लेखनीय प्रयासलाई सम्मान गर्दै समाजप्रति उनीहरूले पुर्याएको अमूल्य सेवाका लागि हार्दिक कृतज्ञता व्यक्त गर्दछौं भनेका छन्। उनले सम्पूर्ण नर्सहरूलाई सुस्वास्थ्य, सुख तथा उनीहरूको महान पेशामा निरन्तर सफलताको शुभकामना व्यक्त गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल