
गुवाहाटी, 12 मई (हि.स.)। असममा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा सहित चार जना विधायकहरूले असमिया भाषामा शपथ लिए भने एक जना विधायकले बोड़ो भाषामा शपथ ग्रहण गरे।
ज्ञात रहोस्, भारतीय जनता पार्टी (भाजपा)- का विधायक डा. हिमन्त बिस्व सरमाले मुख्यमन्त्री एवं रामेश्वर तेली, अजन्ता नेओग तथा असम गण परिषद (अगप)- का विधायक अतुल बोराले असमिया भाषामा शपथ ग्रहण गरे भने बोडोल्याण्ड पीपुल्स फ्रन्ट (बीपीएफ)- का विधायक चरण बोड़ोले बोड़ो भाषामा मन्त्री पदको शपथ पाठ गरे।
शपथ ग्रहण समारोहमा आज मुख्यमन्त्री सेतो रङ्गको धोती-कुर्ता पहिरिएर आएका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा