
कोलकाता, 12 मई (हि. स.)। तृणमूल विधायक मदन मित्रालाई स्वास्थ्य सम्बन्धी समस्या भएको कारणले उनलाई कोलकाताको एक निजी अस्पतालमा भर्ती गरिएको छ। अस्पताल सूत्रानुसार उनलाई मूत्र तन्त्रसित सम्बन्धित समस्या भएपछि गए सोमवार अस्पतालमा भर्ती गरिएको थियो।
उत्तर 24 परगना जिल्लाको कमरहाटी विधानसभा सीटबाट निर्वाचित विधायक मदन मित्राको उपचार बेल ब्यू क्लिनिकमा भइरहेको छ। अस्पतालका एकजना अधिकारीले बताए, उनको स्थिति स्थिर छ साथै उपचारमाथि सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। चिकित्सकहरूको निगरानीमा उनको उपचार भइरहेको छ।
उपचार गरिरहेका डाक्टरहरूले भने, यदि स्वास्थ्यमा यसरी नै सुधार भइरहे उनलाई एक-दुई दिनभित्रमा अस्पतालबाट छुट्टी दिनसक्छ।
मदन मित्राका एकजना निकटवर्ती सहयोगीले बताए, विधानसभा चुनाउ अवधि र त्यसपछि उनी लगातार शारीरिक एवं मानसिक दबावमा थिए। डाक्टरहरूले उनलाई हाल पूर्ण विश्राम गर्ने सल्लाह दिएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा