
नयाँदिल्ली, 12 मई (हि.स.)। भारतीय राष्ट्रिय छात्र सङ्घ (एनएसयूआई)-लेराष्ट्रिय पात्रता वा प्रवेश परीक्षा-स्नातक (नीट-यूजी) 2026-को कथित रूपमा प्रश्नपत्र लीक भएको विरोधमा मङ्गलवार शास्त्री भवन बाहिर प्रदर्श नगऱ्यो।
एनएसयूआईका राष्ट्रिय अध्यक्ष विनोद जाखड़ले केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानसित माग गरे, राष्ट्रिय परीक्षण एजेन्सी (एनटीए)-लाई पूर्ण रूपले प्रतिबन्धित गरियोस्। उनले भने, यो एजेन्सी विश्वनीय परीक्षा सम्पन्न गराउन असफल भएको छ। उनले माग गरे, यस मामिलाको जाँच उच्चतम न्यायालयको निगरानीमा गरियोस्।
उनले सरकारसित प्रश्न गर्दै भने, शिक्षा व्यवस्थालाई सुरक्षित राख्न केन्द्र सरकार पूर्ण रूपले असफल साबित भएको छ। लगातार भइरहेको पेपर लीकले साबित गरिदिएको छ कि सरकार विद्यार्थीहरूको भविष्य बचाउन होइन, शिक्षा माफियालाई बचाउनमा लागिपरेको छ। सङ्गठनले चेताउनी दियो, जबसम्म यस घोटालामा सामेल सबै मानिसहरू विरूद्ध कड़ा कारबाही हुँदैन तबसम्म शिक्षा न्याय एवं जवाफ देहीको लड़ाईँ देशभरि नै जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा