
नयाँ दिल्ली, 12 मई (हि.स.)। दिल्लीकाउपराज्यपाल तरनजीत सिंह सन्धूको उपस्थितिमा मङ्गलवार दिल्ली पुलिसको‘अपरेशन विश्वास’अन्तर्गत 12,600भन्दाअधिक चोरीका मोबाइलहरूलाई दिल्ली विश्वविद्यालय खेल परिसरमा आयोजित एक कार्यक्रमबीच त्यसका मालिकहरूलाई फर्काइयो। यस अवसरमा दिल्ली पुलिस कमिश्नर सतीश गोलचा समेत पुलिस अधिकारीहरू उपस्थित थिए।
उपराज्यपाललेसोशल मीडिया एक्समा पोस्ट गरी बताए, आज नागरिकहरूको मुहारमा खुशी देखेर अत्यन्त खुशी लाग्यो, किनभने 12,600भन्दा अधिक जफत गरिएका मोबाइल फोनहरूलाई त्यसका असली मालिकहरूलाई फर्काइयो। 'अपरेशन विश्वास' अन्तर्गत सञ्चालित यो अभियान हरेक व्यक्तिको लागि प्रभावकारी ढङ्गमा शासन तथा पुलिस व्यवस्था सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो।
उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको विकसित भारतको भिजनबाट प्रेरित भएर हामी प्रौद्योगिकीलाई सशक्तिकरण र विश्वासको साधनको रूपमा उपयोग गरिरहेका छौं। आज मोबाइल फोन कुनै पनि व्यक्तिको सम्झना, काम तथा डिजीटल पहिचानको एक महत्वपूर्ण श्रोत हो, यसलाई पुनः सुम्पिइनु एक अधिक उत्तरदायी र नागरिक केन्द्रित समाज निर्माणको दिशामा एउटा कदम हो।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा