
गुवाहाटी, 12 मई, (हि.स.)। असममा नयाँ सरकारको शपथ ग्रहण समारोहपूर्व भाजपा नेतृत्वाधिन राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)- का नेताहरूले मुख्यमन्त्री पदका लागि नामित हिमन्त बिस्व सरमा र गठबन्धनलाई ऐतिहासिक जीतको बधाई दिँदै यसलाई विकासको राजनीतिमाथि जनताको मोहर बताए।
महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देले भने, असमका जनताले विकासकोक मुद्दामा मतदान गरेका हुन्। एउटा भीडियोसन्देश जारी गर्दै उनले प्रदेशका जनताप्रति आभार व्यक्त गरे साथै हिमन्त बिस्व सरमा र उनको सम्पूर्ण टीमलाई लगातार तेस्रो पटक सरकार बनाएकोमा बधाई दिए। उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्व औ डबल इञ्जिन सरकारको सहयोगले असमका जनताका आकाङ्क्षाहरू पूरा हुनेछन् तथा राज्यमा विकासको गति अझ तीव्र हुनेछ।
त्रिपुराका मुख्यमन्त्री माणिक साहाले पनि एनडीएको जीतप्रति खुशी व्यक्त गर्दै भने, देशभरि नै सकारात्मक ऊर्जाको माहोल छ। प्रधानमन्त्रीको आशीर्वादकै फलस्वरूप भाजपाले लगातार राज्यमा जीत दर्ता गरिरहेको छ।
असम गण परिषदका अध्यक्ष अतुल बोराले भने, जनताले एनडीएलाई भारी जनादेश दिएर गठबन्धनमाथि आफ्नो विश्वास व्यक्त गरेका छन्। उनले भने, आगामी पाँच वर्ष असमको लागि अत्यन्त महत्वपूर्ण हुनेछ भने राज्य स्वर्णिम युग तर्फ अग्रसर हुनेछ।
यसरी नै मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले असमका जनतालाई बधाई दिँदै एनडीएको लगातार तेस्रो जीतलाई ऐतिहासिक उपलब्धि बताए।
भाजपा नेता औ दुलियाजानबाट निर्वाचित विधायक रामेश्वर तेलीले शपथ ग्रहण समारोहलाई आफ्नो राजनीतिक जीवनको ऐतिहासिक क्षण बताउँदै पार्टी नेतृत्व र मतदाताहरूप्रति आभार व्यक्त गरे।
नयाँ सरकारको शपथ ग्रहण समारोह आज गुवाहाटीमा आयोजना भइरहेको छ जसमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रिय गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह लगायत केही केन्द्रिय मन्त्री तथा एनडीएशासित राज्यहरूका मुख्यमन्त्रीगण र उपमुख्यमन्त्रीगण सामेल भइरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा