रिषड़ा नगरपालिकामा न्यूनतम वेतन सहित केही मागहरूलाई लिएर कामकाज ठप्प
रिषड़ा नगरपालिकामा न्यूनतम वेतन सहित केही मागहरूलाई लिएर कामकाज ठप्प


हुगली, 13 मई (हि. स.)। जिल्लाको रिषड़ा नगरपालिकामा कार्यरत अस्थायी चालक औ सफाई कर्मचारीहरूले आफ्ना विभिन्न मागहरूलाई लिएर मङ्गलवारदेकि काम बन्द गरेका छन्। कर्मचारीहरूको आन्दोलनको कारणले नगरपालिका क्षेत्रमा सफाई व्यवस्था प्रभावित हुने आशङ्का उत्पन्न भएको छ।

हड़ताल गरिरहेका कर्मचारीहरूको माग छ, उनीहरूलाई न्यूनतम वेतन दिइयासो, ईएसआई र पीएफको सुविधा लागू गरियोस् तथा छुट्टीको दिन काम गराएकोमा अतिरिक्त भत्ता दिइयोस्। यस अतिरिक्त कर्मचारीहरूले नियुक्ति पत्र, ठेकेदारी प्रथा समाप्त गर्ने, नियमित यूनिफर्म उपलब्ध गराउने औ समयमा भुक्तान सुनिश्चित गर्ने माग पनि उठाएकाछन्।

कर्मचारीहरूको आरोप छ, उनीहरूले समयमा भुक्तान पाउँदैनन् जसको विरोध गर्दा धम्की दिइन्छ। उनीहरूको भनाइ छ, हरेक महिना एकदेखि पाँच तारिकबीच भुक्तान सुनिश्चित गरिनुपर्छ। कर्मचारीहरूले स्पष्ट रूपमा भने, जबसम्म उनीहरूको माग पूरा हुँदैन तबसम्म आन्दोलन जारी रहनेछ।

आन्दोलनलाई रिषड़ा नगरपालिकाको 10 नम्बर वार्डका पार्षद र भाजपा नेता मनोज सिंहले समर्थन गरेका छन्।आन्दोलन बारे जानकारी पाएर मङ्गलवार बिहान धरनास्थलमा पुगेका पार्षदले कर्मचारीहरूको समस्यालाई ध्यान दिएर सुने।

मनोज सिंहले भने, सफाई कर्मचारीहरूको माग पूर्ण रूपले जायज छ र नगरपालिका प्रशासनले तत्काल यस दिशामा कदम उठाउनुपर्छ। उनले आरोप लगाए, पहिला नगरपालिकामा ठेकादार तथा चेयरम्यानको मनमानी चल्थ्ययो, तर अब राज्यमा सत्ता परिवर्तन भएपछि यस्तो “गुण्डागिरी” चल्ने छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande