डम्परको चपेटमा परी व्यक्तिको मृत्यु
डम्परको चपेटमा परी व्यक्तिको मृत्यु


जलपाईगुड़ी, 12 मई (हि. स.)। जिल्लाको धूपगुड़ीस्थित हरिमन्दिर पाड़ा क्षेत्रमा भएको एक सड़क दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भयो भने अर्को व्यक्ति गम्भीर रूपमा घाइते भए।

प्रत्यक्षदर्शीहरू अनुसार मङ्गलवार बिहान दुई जना मानिसहरू आ-आफ्नो बाइकमा सवार भएर धूपगुड़ी बजार तर्फ गइरहेका थिए। यसै क्रममा एउटा वाहनलाई ओभरटेक गर्दा दुवै बाइकको ह्याण्डल आपस्तमा ठोक्कियो जसबाट बाइक सवारहरू सड़कमा लड़े। यसै अवधि पछाड़िबाट आइरहेको एउटा द्रूत गतिको डम्परले एक जना व्यक्तिलाई कुल्चियो जसले गर्दा उसको घटनास्थलमै मृत्यु भयो।

स्थानीय मानिसहरूले बताए, दुई वटा बाइकमध्ये एउटा बाइकमा बाख्रा लादिएको थियो। उनीहरूले आरोप लगाए, डम्परको द्रूत गतिकै कारणले यो भयानक दुर्घटना भएको हो।

घटनाको सूचना पाएर धूपगुड़ी थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिसले शवलाई जफत गरी पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। गम्भीर रूपमा घाइते व्यक्तिलाई अस्पतालमा भर्ती गरिएको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ। यो खबर लेखुञ्जेलसम्म मृतकको पहिचान हुन सकेको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande