
गुवाहाटी, 12 मई (हि.स.)। केन्द्रिय सड़क यातायात एवं राजमार्ग मन्त्री नितिन गडकरीले असममा लगभग 2 लाख करोड़ रूपियाँ बराबरका पूर्वाधार परियोजनाहरू पाइपलाइनमा रहेको बताएका छन्। उनले हिमन्त बिस्व सरमाको नेतृत्वमा रहेको भाजपा सरकारले राज्यका जनताको विश्वासलाई पूर्ण रूपमा पूरा गर्नेछ र विकासको गतिलाई अझ् तीव्र बनाउने विश्वास व्यक्त गरे।
मुख्यमन्त्रीको शपथ ग्रहण समारोहमा भाग लिन गुवाहाटी आइपुगेका गडकरीले पत्रकारहरूलाई भने, असमका जनताले लगातार तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टीमा आफ्नो विश्वास व्यक्त गरेका छन्। राज्यमा विकास कार्य निर्बाध रूपमा जारी रहनेछ र केन्द्र सरकार असमलाई आर्थिक रूपमा बलियो बनाउन प्रतिबद्ध छ। उनको मन्त्रालयले लगभग 2 लाख करोड़ रुपियाँ बराबरका परियोजनाहरूको योजना बनाइरहेको छ। यी परियोजनाहरूले राज्यमा सड़क सम्पर्क, यातायात र आर्थिक गतिविधिहरूलाई नयाँ गति प्रदान गर्नेछ।
यो उल्लेखनीय छ कि भाजपाको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन सरकारले लगातार तेस्रो पटक असममा सत्ता सम्हाल्ने तयारी गरिरहेको छ। डा. हिमन्त बिस्व सरमाले दोस्रो पटक मुख्यमन्त्रीको रूपमा शपथ लिनेछन्। यसअघि भाजपा र एनडीए विधायक दलको बैठकमा हिमन्त बिस्व सरमालाई सर्वसम्मतिले नेता चयन गरिएको थियो। असम गण परिषद् र बोडोल्याण्ड पिपुल्स फ्रन्ट लगायत सहयोगी दलका वरिष्ठ नेताहरू उपस्थित थिए। शपथ ग्रहणअघि सरमाले रामेश्वर तेली, अतुल बोरा, चरण बोरो र अजन्ता नेओगलाई मन्त्रीको रूपमा शपथ लिने घोषणा गरे। रंजित दासलाई असम विधानसभाको अध्यक्ष पदको लागि एनडीएको उम्मेदवार पनि घोषित गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी