
नयाँ दिल्ली, 12 मई (हि.स.)। डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले फिफा विश्वकप २०२६ का लागि आफ्नो ५५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। अमेरिका, क्यानडा र मेक्सिकोमा अर्को महिना शुरु हुने यस प्रतियोगितामा अर्जेन्टिना उपाधि जोगाउने लक्ष्यसहित मैदानमा उत्रिनेछ। टोलीका स्टार खेलाडी तथा कप्तान लियोनल मेसीलाई पनि टोलीमा समावेश गरिएको छ।
यद्यपि मुख्य प्रशिक्षक लियोनल स्कालोनीले विश्वकपमा मेसी खेल्ने अन्तिम निर्णय पूर्ण रूपमा इन्टर मियामीका यस स्टार अग्रपङ्क्तिका खेलाडीमै निर्भर रहने स्पष्ट पारेका छन्।
त्यसैगरी चर्चित खेलाडी पाउलो डायबालालाई प्रारम्भिक टोलीमा स्थान नदिइएकोले फुटबल समर्थकहरू चकित बनेका छन्।
अर्जेन्टिनालाई विश्वकप २०२६ मा समूह ‘जे’ मा राखिएको छ, जहाँ उसले अल्जेरिया, अष्ट्रिया र जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ। टोलीले आफ्नो अभियान १६ जूनमा अल्जेरियाविरुद्ध शुरु गर्नेछ।
अर्जेन्टिनाको प्रारम्भिक टोली
गोलरक्षक:
एमिलियानो मार्टिनेज, जेरोनिमो रूली, जुआन मुस्सो, वाल्टर बेनिटेज, फाकुन्डो क्याम्बेसेस, सान्टियागो बेल्ट्रान
रक्षक खेलाडी:
अगस्टिन गुए, गोन्जालो मोन्टिएल, नाहुएल मोलिना, निकोलस कापाल्डो, केभिन म्याक एलिस्टर, लुकास मार्टिनेज क्वार्टा, मार्कोस सेनेसी, लिसान्द्रो मार्टिनेज, निकोलस ओटामेन्डी, जर्मन पेजेला, लियोनार्डो बालेर्दी, क्रिस्टियन रोमेरो, लाउतारो डे लो लो, जाइद रोमेरो, फाकुन्डो मेडिना, मार्कोस अकुना, निकोलस टाग्लियाफिको, गाब्रियल रोजाह
मध्यपङ्क्तिका खेलाडी:
म्याक्सिमो पेरोनी, लिआन्ड्रो परेडेस, गुइडो रोड्रिगेज, अनिबाल मोरेनो, मिल्टन डेलगाडो, एलन भरेला, एजेकेल फर्नान्डेज, रोड्रिगो डी पल, एक्सेक्विएल पलासियोस, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर, जियोभानी लो सेल्सो, निकोलस डोमिङ्गेज, एमिलियानो बुएन्डिया, भ्यालेन्टिन बार्को
अग्रपङ्क्तिका खेलाडी:
लियोनल मेसी, निकोलस पाज, फ्रान्को मस्तान्तोनो, थियागो आल्माडा, टोमास अरान्डा, निकोलस गोन्जालेज, एलेजान्द्रो गर्नाचो, जुलियानो सिमियोने, माटियास सोली, क्लाउडियो एट्सेफेरी, जियानलुका प्रेस्टिनी, सान्टियागो कास्त्रो, लाउतारो मार्टिनेज, जोस म्यानुअल लोपेज, जुलियन आल्भारेज तथा मातेओ पेलेग्रिनो।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी