चुनाउमा हारपछि ममता ब्यानर्जीले कालीघाटमा डाकिन् महत्वपूर्ण बैठक
चुनाउमा हारपछि ममता ब्यानर्जीले कालीघाटमा डाकिन् महत्वपूर्ण बैठक


कोलकाता, 12 मई (हि. स.)। विधानसभा चुनाउमा ठूलो हारको सामना गरेपछि तृणमूल सुप्रीमो ममता ब्यानर्जीले आगामी बिहीवार कालीघाट स्थित आफ्नो आवासमा पार्टी नेता तथा विधायकहरूको महत्वपूर्ण बैठक डाकेकी छन्।

पार्टी सूत्र अनुसार यस बैठकमा तृणमूल कङ्ग्रेस सुप्रीमोले कार्यकर्ताहरूलाई आगामी राजनीतिक सङ्घर्षको लागि तयार रहने सन्देश दिन सक्छिन्। सङ्गठन पुनर्गठन, जनतासित सम्पर्क बढ़ाउने तथा विपक्षको भूमिकालाई अधिक आक्रमक बनाउनेमाथि विशेष बल दिइनेछ।

सूत्रले अझ बताए मुताविक आगामी 14 मईमा हुने यस बैठकमा चुनाउमा भएको हारका कारणहरूको समीक्षा गरिनेछ। पार्टीका सबै वरिष्ठ नेताहरूलाई उपस्थित रहने निर्देश दिइएको छ। मानिँदैछ, ममता ब्यानर्जीले यस बैठकको माध्यमबाट सङ्गठनलाई पुनः मजबुत बनाउने तथा कार्यकर्ताहरूको मनोबल बढ़ाउने प्रयास गर्नेछन्।

भनिँदैछ, बैठकमा भाजपा नेतृत्वाधिन नयाँ राज्य सरकारको विरोधमा आन्दोलनको रणनीति तथा भविष्यका राजनीतिक रूपरेखामाथि चर्चा हुनेछ। तृणमूल कङ्ग्रेसलाई लगभग 15 वर्षको लामो शासनपछि पहिलो पटक यस्तो ठूलो राजनीतिक झट्काको सामना गर्नु परेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande