बङ्गालमा सत्ता परिवर्तन भएपछि पश्चिम बङ्गाल स्कूल सेवा आयोग तथा माध्यमिक शिक्षा बोर्डका प्रमुखहरूले दिए राजीनामा
बङ्गालमा सत्ता परिवर्तन भएपछि पश्चिम बङ्गाल स्कूल सेवा आयोग तथा माध्यमिक शिक्षा बोर्डका प्रमुखहरूले दिए राजीनामा


कोलकाता, 12 मई (हि.स.)। पश्चिम बङ्गालमा मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा भारतीय जनता पार्टीको सरकारले सत्ता सम्हालेपछि राज्यको शिक्षा विभागमा ठूलो प्रशासनिक फेरबदल शुरू भएको छ। मङ्गलवार पश्चिम बङ्गाल स्कूल सेवा आयोग र पश्चिम बङ्गाल माध्यमिक शिक्षा बोर्डका प्रमुखहरूले आफ्नो पदबाट राजीनामा दिए।

राज्य शिक्षा विभाग अन्तर्गत पर्ने स्वायत्त निकाय पश्चिम बङ्गाल स्कूल सेवा आयोगका अध्यक्ष सिद्धार्थ मजुमदारले आफ्नो राजीनामा सुम्पिए। पछिल्लो तृणमूल कङ्ग्रेसको शासनकालमा खुलासा भएको बहुचर्चित स्कूल भर्ती घोटालालाई लिएर आयोग लगातार विवादहरूले घेरिँदै आएको छ।

यसको साथै पश्चिम बङ्गाल माध्यमिक शिक्षा बोर्डका अध्यक्ष रामानुज गङ्गोपाध्यायले पनि पद छोड़े। माध्यमिक शिक्षा बोर्डको नाम पनि शिक्षक भर्ती घोटालामा मुछिएको थियो। बोर्डका पूर्व अध्यक्ष कल्याणमय गङ्गोपाध्यायलाई यस मामिलामा जेल समेत जानु परेको थियो।

यी दुई अधिकारीहरूले यस्तो समयमा राजीनामा दिएका छन् जतिबेला नयाँ सरकारले एक दिनअघि विभिन्न विभागहरू अधिनस्थ बोर्ड, सङ्गठन, गैर-वैधानिक निकायहरू तथा सार्वजनिक उपक्रमहरूमा नामित निदेशक, सदस्य एवं अध्यक्षहरूको कार्यकाल समाप्त गर्ने आदेश जारी गरेको थियो।

सिद्धार्थ मजुमदारलाई वर्ष 2022- मा तत्कालीन मुख्यमन्त्री ममता ब्यानर्जीको अध्यक्षतामा रहेको मन्त्रीमण्डलले पश्चिम बङ्गाल स्कूल सेवा आयोगको अध्यक्ष नियुक्त गरेको थियो। उनको कार्यकाल जनवरी, 2025-मै समाप्त हुनुथ्यो, तर पूर्व सरकारले उनलाई विस्तार दिएको थियो।

शिक्षा विभागको सूत्र अनुसार दुवै अधिकारीहरूको राजीनामा राज्यको शिक्षा सचिव कार्यालयसम्म पुगिसकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande