
कोलकाता, 12 मई (हि.स.)। दक्षिण बङ्गालमा कहीँ-कतै छुटपुट हुन्डरी तथा वर्षा हुने सम्भावना यथावत रहे पनि गर्मी र आद्रता बढ़्ने सङ्केत प्राप्त भएको छ। उत्तर बङ्गालमा भने आगामी केही दिनस्म वर्षा तथा तीव्र हावाको सिलसिला जारी रहनसक्छ। केही जिल्लाहरूमा घना वर्षाको चेताउनी जारी गरिएको छ।
अलिपुर मौसम विभागअनुसारआगामी शनिवारसम्मकोलकाता समेत दक्षिण बङ्गालकाअधिकांशभागहरूमा हुरी-वर्षा आउने सम्भावना कमै छ। तथापि पुरुलिया, बाँकुड़ा, पश्चिम बर्धमान, बीरभूमर मुर्शिदाबाद जिल्लामाबुधवाररबिहीवार कतै-कतै मेघ गर्जनसितै वर्षा हुनसक्छ। यी क्षेत्रहरूमा 40-50 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्ने आशङ्कालाई ध्यानमा राखेर यल्लो अलर्ट जारी गरिएको छ।
मौसम विभागले बतायो, आगामी24 घण्टामा कोलकाता सहित दक्षिण बङ्गालको तापमानमा विशेष बदलाउ हुने सम्भावना छैन।त्यसपछि आगामी चार दिनमा अधिकतम तापमान दुई-तीन डिग्री सेल्सियससम्म बढ़्नसक्छ जसबाट गर्मी र आद्रता अझ बढ़्नसक्छ।
यताउत्तर बङ्गालमा हाल तापमान स्थिर रहने सम्भावना छ। बुधवार र बिहीवार दार्जिलिङ, कालेबुङ, अलिपुरद्वार, जलपाईगुड़ी तथा कचबिहार जिल्लामा 7-देखि 11 सेन्टीमीटरसम्म वर्षा हुनसक्छ। यसको साछै आठ वटा जिल्लाहरूमा 40-50 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा तथा चट्याङ्ग पर्नसक्छ।
मौसम विभागअनुसार बिहीवारसम्म उत्तर बङ्गालका आठ वटा जिल्लाहरूमा हुरी-बतास आउने सम्भावनायथावत रहनेछ जबकि शुक्रवारदेखि मौसममा केही सुधार हुने तथा वर्षाको गतिविधि कम हुने सम्भावना छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा