
खरसाङ, 12 मई (हि.स.)। भारतीय जनता पार्टी खरसाङ विधानसभा क्षेत्रको पक्षबाट खरसाङको एसबी डे सेनोटोरियम अस्पतालमा आज अन्तरराष्ट्रिय नर्सेस डे पालन गरियो। कार्यक्रममा सांसद राजु बिष्ट, जिल्ला अध्यक्ष सञ्जीव लामा साथै विधायक सोनाम लामाको पक्षबाट सबै नर्सहरूलाई बधाई अनि शुभकामना प्रेषित गरिएको थियो।
यस अवसरमा सिनियर नर्स पुनम गुप्तले फ्लोरेन्स नाइटिँगेलको विषयमा संक्षिप्त जानकारी दिइन्। उनले अस्पतालको समस्याबारे पनि चर्चा गरिन् औ यी समस्याहरू समाधान गर्न विधायक समक्ष कुरा राखिदिन आग्रह गरिन्।
कार्यक्रममा खरसाङ भाजपाको पक्षबाट जिल्ला सदस्य राजेश गजमेर, वरिष्ठ सदस्य दिलेश्वर पटेल, चिम्नी देउराली मण्डलका पूर्व अध्यक्ष बिकास लामा साथै रोशन गुरुङ, दिपक राई, यशवन्त गजमेर, सुजन गुरुङ, रुपेन गुरुङ उपस्थित थिए।
हिन्दुस्थान समाचार / हनोक