पश्चिम बङ्गालमा पूर्व तृणमूल नेताहरूविरूद्ध भ्रष्टाचारको मामिलामा फेरि जाँच हुनेछ: दिलीप घोष
पश्चिम बङ्गालमा पूर्व तृणमूल नेताहरूविरूद्ध भ्रष्टाचारको मामिलामा फेरि जाँच हुनेछ: दिलीप घोष


कोलकाता, 12 मई (हि.स.)। पश्चिम बङ्गाल सरकारमा मन्त्री दिलीप घोषले मङ्गलवार भने, पछिल्लो सरकारको पालोमा भएका भ्रष्टाचारका आरोपहरूसित सम्बन्धित सबै मामिलाहरूलाई पुनः खोलेर त्यसको व्यापक जाँच गराइनेछ। उनले दाबी तृणमूल कङ्ग्रेसका अधिकांश नेता भ्रष्ट गतिविधिहरूमा सामेल रहिआएका छन्।

दिलीप घोषले भने, “अहिलेसम्म पुलिस तथा सरकारको अनुमति नपाइएको कारणले जाँच अगाड़ि बढ़्न सकेको थिएन। तर अब सबै मामिलाहरूलाई पुनः शुरू गरिनेछ। हरेक मामिलाको जाँच हुनेछ र जनताले जे चाहन्छन् त्यहीँ हुनेछ।”

यसअघि भारतीय जनता पार्टी सरकारको शपथ ग्रहण समारोहपछि उनले भनेका थिए, राज्यमा कानून-व्यवस्थाको स्थितिमा सुधार ल्याउन तथा मानिसहरूको भरोसा पुनः प्राप्त गर्नु नयाँ सरकारको प्राथमिकता हुनेछ। उनले भने, “हामीले बङ्गालको पुनर्निर्माण गर्नुछ। राज्यमा कानून व्यवस्थाको स्थिति खस्किँदो थियो जसले गर्दा मानिसहरू भयपूर्ण वातावरणमा बाँचिरहेका थिए। हरेक क्षेत्रमा काम गर्नुपर्छ, यसमा समय लाग्छ, तर परिवर्तन चाँड़ै देखिनेछ।”

राज्यमा भएको ऐतिहासिक राजनीतिक परिवर्तनबीच शुभेन्दु अधिकारीले पश्चिम बङ्गालको पहिलो भारतीय जनता पार्टीका मुख्यमन्त्रीको रूपमा शपल लिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande