
तीनधारे, 12 मई (हि.स.)। भारतीय जनता पार्टीको उम्मेदवार सोनाम लामाले चुनाउ जितेकोमा भाजपा र यसका गठबन्धन दलहरुद्वारा बिजय उत्सव मनाउने क्रम जारी छ। भाजपाको गठबन्धन दल गोर्खा जनमुक्ति मोर्चाले विभिन्न स्थानहरुमा बिजय उत्सव मनाउॅंदै आफ्ना मतदाताहरुलाई धन्यवाद दिने क्रम जारी राखेको छ।
यसै क्रममा आज तीनधारे महानदी समष्टिको बुथ नम्बर 246 युवा मोर्चा संयोजक शरण गुप्ताको बाहुलीबाट सिपाहीधुरा रंगटङ्ग, नरबुङ क्षेत्रमा विजय उत्सव मनाउँदै 12 सय साहु लड्डु वितरण गरियो। गोर्खा जनमुक्ति मोर्चा सोनाम लामाको जित भएकोमा मतदाताहरुलाई आभार पनि प्रकट गरेको छ।
हिन्दुस्थान समाचार / हनोक