
पूर्व बर्धमान, 12 मई (हि.स.)। काटवाको माजीग्राम क्षेत्रमा तृणमूल कङ्ग्रेसको स्थानीय पार्टी कार्यालयबाट सरकारी सहायता योजनाहरूका आवेदन पत्रहरूले भरिएका बोराहरू भेटिएको घटनाले क्षेत्रमा कोकोहोलो मचाएको छ।
बताइँदैछ, भाजपाको जीतपछि स्थानीय मानिसहरूको सहयोगमा एकजना भाजपा नेताले आफ्नो कथित दखल गरिएको पसललाई फिर्ता लिए जसपश्चात यो यो खुलासा भयो।
प्राप्त जानकारी अनुसार माजीग्राम बस स्ट्याण्डको छेउमा अवस्थित जुन ठाउँमा तृणमूलको पार्टी कार्यालय सञ्चालन हुँदै आएको थियो, त्यहाँ पहिला भाजपाका क्षेत्रीय स्तरका नेता अनुप चौधरीको पसल थियो। अनुपले आरोप लगाए, पहिला तृणमूल कार्यकर्ताहरूले उनको पसलमा कब्जा गरेर त्यसलाई पार्टी कार्यालय बनाएका थिए।
अनुप चौधरीले बताए, लगभग 30 वर्षपूर्व उनले स्थानीय एक परिवारबाट यो जमीन खरिद गरेका थिए र त्यहाँ माटोले लिपेको दोकान बनाएर जुत्ता र कपड़ाको व्यवसाय गर्थे। तिनी पनि त्यही दोकानमा बस्थे। वर्ष 2013-मा दाज्युको दुर्घटनामा मृत्यु भएपछि तिनी केही दिनको लागि घर गएका थिए। यसै अवधि तृणमूलका मानिसहरूले उनको पसललाई भत्काएर त्यहाँ बलजफ्ती पार्टी कार्यालय बनाए।
अनुपले दाबी गरे, उनले तृणमूल नेताहरूसित कैयौं पटक आफ्नो जमीन फर्काउने निवेदन गरे, तर उनको कुरा कसैले सुनेनन्। हालैमा राजनीतिक परिस्थिति फेरिएपछि स्थानीय ग्रामीणहरूको सहयोगले उनले आफ्नो पुरानो दोकानलाई पुनः कब्जा गरे। सफ गर्ने क्रममा त्यहाँबाट लगभग पाँच बोरा दस्तावेज भेटियो। जाँच गर्दा थाहा लाग्यो कि ती सबै विभिन्न सरकारी सहायता योजनाहरूको लागि ग्रामीणहरूद्वारा भरिएका आवेदनहरू थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा