
गान्तोक, 12 मई (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले पाकिम जिल्ला अन्तर्गत रम्फू प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत एएनएम मधुमाला गुरुङ प्रतिष्ठित राष्ट्रिय फ्लोरेन्स नाइटिङ्गेल पुरस्कार 2026' ले सम्मानित बनेकोमा हार्दिक बधाई एवं शुभकामना दिएका छन्। एएनएम गुरुङलाई आज नयॉं दिल्लीमा राष्ट्रपति द्रोपदी मुर्मूको बाहुलीद्वारा उक्त पुरस्कार प्रदान गरियो।
राज्यपालले आफ्नो शुभकामना सन्देशमा मधुलामा गुरुङको यो उपलब्धि सारा सिक्किम प्रदेशको लागि गौरवको क्षण रहेको बताएका छन्। तृणमूल स्तरमा स्वास्थ्य सेवाहरूप्रति उनको समर्पणको सराहना गर्दै राज्यपालले भने, श्रीमती मधुमाला गुरुङले कोभिड 19 महामारी र बाढ जस्ता गम्भीर आपदाहरूको समयमा जुन निस्वार्थ भाव र अटूट संकल्पका साथ मानवताको सेवा गरिन्, यो पुरस्कार सोही कर्तव्यनिष्ठाको प्रतिफल हो।
राज्यपालले अन्तरराष्ट्रिय नर्स दिवसको अवसरमा आफ्नो शुभकामना साझा गर्दै स्वास्थ्य क्षेत्रमा नर्सहरूको अमूल्य योगदान उल्लेख गरेका छन्। लोकभवनका अनुसार, यो उपलब्धि लोकभवन परिवारको लागि दोहोरो खुशीको विषय हो, किनकि मधुमाला गुरुङका पुत्र डा. पुष्कर गुरुङ वर्तमानमा लोकभवन, सिक्किममा कार्यरत छन्।
हिन्दुस्थान समाचार / बिशाल