रेडियो सलेसियनले नयाँ कार्यक्रम ल्याउने
रेडियो सलेसियनले नयाँ कार्यक्रम ल्याउने


सोनादा, 12 मई (हि.स.)। दार्जिलिङ पहाडकै एकमात्र सामुदायिक रेडियो, रेडियो सलेसियन 90.8 एफएमले विगत 9 वर्षयता यहाँका मूल समुदायको भाषा-साहित्य, संस्कार-संस्कृति आदिलाई रेडियो तरंग मार्फत प्रसारण गर्दै आइरहेको छ। सोही क्रममा रेडियो कार्यक्रमलाई अझ रोचक अनि ज्ञानबर्द्धक बनाउने तयारी गरिएको छ।

रेडियो सलेसियनका कार्यक्रम निर्देशक समीर छेत्रीले यसबारे बताएअनुसार, रेडियो सलेसियनले स्थापनाकालदेखि नै यहाँका समुदायलाई केन्द्र गरि विविध कार्यक्रमहरु प्रसारण गर्दै आइरहेको छ। यस्तै रोचक र ज्ञानमूलक कार्यक्रमहरुकै कारण छोटो कार्यकालभित्रै रेडियो सलेसियन रुचाउने धेरै श्रोताहरु हालसम्म जोडि राखेका छन्। ती समर्पित श्रोताहरुलाई आबद्ध गराइराख्न रेडियो सलेसियनले अझ रोचक र ज्ञानबर्द्धक नयाँ कार्यक्रमहरु प्रसारणमा ल्याउने तयारी भइरहेको छ।

जसमध्ये सामाजिक मुद्दालाई केन्द्र गरि निर्माण गरिएको कार्यक्रम 'चौतारी' यसपल्टको विशेष कार्यक्रम रहेको निर्देशक छेत्रीको भनाइ छ। यसबाहेक श्रोताहरुले शुरुबाटै एकदमै रुचाएर आएको कार्यक्रम फर्केर हेर्दा लगायत अभिव्यक्ति, कथा संघर्षको, चियाबारीको माया, कृषि दर्शन, सुन्ने कथा आदि कार्यक्रमहरुलाई पनि थप रोचक बनाएर नयाँ ढंगमा प्रसारण गरिने छ। साथै, हप्ताको शनिबार र आइतबार छोडी दैनिक चार घण्टा प्रत्यक्ष प्रसारणको कार्यक्रमहरुलाई पनि विशेष बनाएर श्रोताहरुलाई अझै आकर्षण गराउन लक्ष्य राखिएको उनले थप बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande